भारततर्फ लैजाँदै गरेको ३०० कार्टुन रक्सीसहित ट्याक्टर नियन्त्रणमा « Khabarhub

भारततर्फ लैजाँदै गरेको ३०० कार्टुन रक्सीसहित ट्याक्टर नियन्त्रणमा


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अबैधरुपमा भारततर्फ लैजाँदै गरिएको ३०० कार्टुन रक्सीसहित प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ ।  पर्साको छिपहरमाइ गाउँपालिकाबाट सो परिमाणको रक्सीसहित ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार सूचनाका आधारमा चेकजाँजका क्रममा पर्साको छिपहरमाई गाउँपालिका –२ भिष्वा बञ्जारीबाट ३०० कार्टुन कस्तुरी ब्राण्डको रक्सीसहित प्रदेश–२–०३–००१ थ ००१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

ट्याक्टर चालक भने फरार भएको र रक्सीसहित ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्याालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

ट्याक्टरसहित सो परिमाणको रक्सी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ९ : ३० बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी