मानव तस्करीबारे अमेरिकी रिपोर्टमा नेपाल दोस्रो श्रेणीमा « Khabarhub

मानव तस्करीबारे अमेरिकी रिपोर्टमा नेपाल दोस्रो श्रेणीमा


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वमा सबैभन्दा धेरै मानव तस्करी हुने मुलुकमा नेपाल दोस्रो स्थानमा रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको रिपोर्टमा नेपाल यस वर्ष पनि दोस्रो श्रेणीमा रहेको देखाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले गत बिहीबार सार्वजनिक गरेको विश्वव्यापी मानव तस्करीबारे ६४४ पृष्ठ लामो रिपोर्टमा नेपाल मानव तस्करी हुने मुलुकको दोस्रो श्रेणीमा देखिएको हो ।

कोरोना महामारी (कोभिड–१९) ले तस्करी रोक्ने सरकारी प्रयासलाई असर गरे पनि यसअघिको तुलनामा राम्रो प्रयास गरेको प्रतिवेदनमा उल्लेख छ ।  प्रतिवेदनमा नेपाल सरकारले मानव तस्करी उन्मूलनका लागि प्रयास गरे पनि न्यूनतम मापदण्ड नै पूरा गर्न नसकेको जनाइएको छ ।

विगत १३ बर्षदेखि नै अमेरिकाले नेपाललाई मानव तस्करीका सन्दर्भमा दोश्रो श्रेणीमा मा राख्दै आएको छ । मानव तस्करीको रोकथामका लागि सरकारले सम्पूर्ण पहलहरु र नियमहरु पालना गरेको खण्डमा अमेरिकाले त्यस्ता देशलाई पहिलो श्रेणीमा राख्दै आएको छ ।

सरकारले पूर्णरुपमा मानवतस्करीको रोकथामका लागि काम गर्न नसकेको तर उल्लेख्य पहल गरेको खण्डमा दोस्रो श्रेणीमा राख्ने गरिएको छ ।  तर थप कमजोर रहेको अवस्थामा भने दोश्रो श्रेणीको वाचलिष्टमा राख्ने गरिएको छ ।

यस अवधिमा नेपाल सरकारले जोखिमपूर्ण वैदेशिक रोजगारीमा कामदार भर्तीसम्बन्धमा दुई भ्रष्ट कर्मचारीलाई दोषी ठहर गरेको, महिलालाई वैदेशिक रोजगारीका लागि प्रतिबन्ध लगाइएका केही पक्षमा फुकुवा गरेको र मानव तस्करीबारे सचेतना फैलाएकोले दोस्रो श्रेणीमा राखिएको जनाइएको छ ।

सबै प्रकारका यौन तस्करी र श्रम तस्करीलाई अपराधीकरण गर्नका लागि नेपालको मानव तस्करी तथा ओसारपसारविरुद्धको ऐनमा सुधार गर्न, तस्करीका अपराधको छानविन गर्न र कारवाही गर्न सुझाव पनि दिइएको छ ।

यस्तो छ नेपालबारेको रिपोर्ट

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १० : ४० बजे

बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग

हेटौँडा– मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम