मानव तस्करीबारे अमेरिकी रिपोर्टमा नेपाल दोस्रो श्रेणीमा | Khabarhub Khabarhub

मानव तस्करीबारे अमेरिकी रिपोर्टमा नेपाल दोस्रो श्रेणीमा


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वमा सबैभन्दा धेरै मानव तस्करी हुने मुलुकमा नेपाल दोस्रो स्थानमा रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको रिपोर्टमा नेपाल यस वर्ष पनि दोस्रो श्रेणीमा रहेको देखाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले गत बिहीबार सार्वजनिक गरेको विश्वव्यापी मानव तस्करीबारे ६४४ पृष्ठ लामो रिपोर्टमा नेपाल मानव तस्करी हुने मुलुकको दोस्रो श्रेणीमा देखिएको हो ।

कोरोना महामारी (कोभिड–१९) ले तस्करी रोक्ने सरकारी प्रयासलाई असर गरे पनि यसअघिको तुलनामा राम्रो प्रयास गरेको प्रतिवेदनमा उल्लेख छ ।  प्रतिवेदनमा नेपाल सरकारले मानव तस्करी उन्मूलनका लागि प्रयास गरे पनि न्यूनतम मापदण्ड नै पूरा गर्न नसकेको जनाइएको छ ।

विगत १३ बर्षदेखि नै अमेरिकाले नेपाललाई मानव तस्करीका सन्दर्भमा दोश्रो श्रेणीमा मा राख्दै आएको छ । मानव तस्करीको रोकथामका लागि सरकारले सम्पूर्ण पहलहरु र नियमहरु पालना गरेको खण्डमा अमेरिकाले त्यस्ता देशलाई पहिलो श्रेणीमा राख्दै आएको छ ।

सरकारले पूर्णरुपमा मानवतस्करीको रोकथामका लागि काम गर्न नसकेको तर उल्लेख्य पहल गरेको खण्डमा दोस्रो श्रेणीमा राख्ने गरिएको छ ।  तर थप कमजोर रहेको अवस्थामा भने दोश्रो श्रेणीको वाचलिष्टमा राख्ने गरिएको छ ।

यस अवधिमा नेपाल सरकारले जोखिमपूर्ण वैदेशिक रोजगारीमा कामदार भर्तीसम्बन्धमा दुई भ्रष्ट कर्मचारीलाई दोषी ठहर गरेको, महिलालाई वैदेशिक रोजगारीका लागि प्रतिबन्ध लगाइएका केही पक्षमा फुकुवा गरेको र मानव तस्करीबारे सचेतना फैलाएकोले दोस्रो श्रेणीमा राखिएको जनाइएको छ ।

सबै प्रकारका यौन तस्करी र श्रम तस्करीलाई अपराधीकरण गर्नका लागि नेपालको मानव तस्करी तथा ओसारपसारविरुद्धको ऐनमा सुधार गर्न, तस्करीका अपराधको छानविन गर्न र कारवाही गर्न सुझाव पनि दिइएको छ ।

यस्तो छ नेपालबारेको रिपोर्ट

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १० : ४० बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून