टिप्पर खस्दा टहरामा सुतेका दुईको मृत्यु « Khabarhub

टिप्पर खस्दा टहरामा सुतेका दुईको मृत्यु


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ५ साँखुमा बा ५ ख २५११ नम्बरको टिप्पर सडकबाट खस्दा दम्पतीको ज्यान गएको छ। मृत्यु हुनेमा ५३ वर्षे साइला तामाङ र ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् ।

मृतक दम्पती गाइवस्तु कुर्न टहरामा बस्ने गरेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

शनिबार बिहान ४ बजे माटो लिएर साँखुबाट बौद्धतर्फ आइरहेको टिप्पर सडकबाट खसेर टहराभित्र पसेको प्रहरीले जनाएको छ। प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ।

घलानले टिप्पर अनियन्त्रित भएर पल्टिएको बयान दिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १२ : ५५ बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी