काटियो मर्स्याङ्दीले भासिएको पुलको लठ्ठा « Khabarhub

काटियो मर्स्याङ्दीले भासिएको पुलको लठ्ठा


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– निरन्तरको वर्षाका कारण मर्स्याङ्दीमा आएको बाढीले भासिएको झोलुङ्गे पुलको लठ्ठा काटिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको थियो ।

पुलमा थप जोखिम हुन नदिन लठ्ठा काटिएको तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बाढीले तनहुँतर्फको पुलको भाग भासिएर नदीमा पुगेको थियो । “पुल मर्मत नभइञ्जेल थप जोखिम हुन नदिन पुलको लठ्ठा काटिएको छ”, बरालले भने ।

पुलबाट दैनिक सयौँ सर्वसाधारण वारपार गर्दथे । गोरखास्थित अकला मन्दिर जाने बाटो पनि यही पुल थियो । पुल भत्किएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।

मुख्य राजमार्ग खुला, सहायक राजमार्ग अवरुद्ध

वर्षाका कारण पहिरो आउँदा जिल्लाका अधिकांश सहायक राजमार्ग अवरुद्ध भएका छन् । मुख्य राजमार्गको पहिरो हटाइए पनि सहायक राजमार्ग खुलाउन सकिएको छैन । सहायक राजमार्ग खुलाउने क्रम जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

उनका अनुसार प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही जाने मार्ग पनि भासिएको छ । उक्त मार्गको प्राविधिकसहित अनुगमनको तयारी गरिएको छ । शुक्लागण्डकी नगरपालिकाकै दुलेगौडा लामागाउँ मोटरमार्ग पनि भासिएको छ । जिल्लाका अधिकांश ग्रामीण भेगका सडक पहिरोले अवरुद्ध भएको छ ।

बन्दीपुर–ढाडखोलाको पहिरो हटाउन शुरु

अविरल वर्षासँगै आएको पहिराले अवरुद्ध भएको बन्दीपुर गाउँपालिका–२ ढाडखोलाको पहिरो हटाउन शुरु गरिएको छ । बन्दीपुर–ढाडखोला मोटरमार्गमा विभिन्न ठाउँमा आएको पहिरो हटाएर सडक सुचारु गर्न शुरु गरिएको हो । शुक्रबार बेलुकीदेखि पहिरो पन्छाउने काम शुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । पहिराले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पुर्‍याएको छ । ठाउँठाउँमा सडक भासिएको छ ।

त्यस्तै डुम्रे–बन्दीपुर सडकखण्डको पहिरो शनिबारदेखि हटाउन शुरु गरिनेछ । “पहिरोले गाउँपालिकाभित्रका विभिन्न वडाका सडक अवरुद्ध भएका छन्, क्रमशः अन्यत्र पनि पहिरो हटाउने काम गर्छौँ”, उनले भने, “पहिराले विद्युत् पोलमा क्षति पुर्‍याएपछि बन्दीपुरका अधिकांश ठाउँ बिहीबारदेखि अन्धकार छ, बिजुलीको समस्या पनि शनिबार दिनभरमा समाधान हुन्छ । पहिराले गाउँपालिकाभित्रका सडक, विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानीमा क्षति पुगेको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  २ : ४४ बजे

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा