अमेरिकाले पाकिस्तानलाई दियो २५ लाख खोप « Khabarhub

अमेरिकाले पाकिस्तानलाई दियो २५ लाख खोप


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको २५ लाख खोप पाकिस्तान पुगेको छ ।

अमेरिकाले पाकिस्तानलाई मोडेर्ना खोप उपलब्ध गराएको हो । यो खोपले पाकिस्तानमा फैलिएको कोरोनाभाइरसको महामारी न्युनीकरणमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ ।

महामारीले अफ्ठ्यारोमा परेका बेला अमेरिकाले खोप उपलब्ध गराएपछि पाकिस्तानलाई ठूलो राहत भएको छ ।

पाकिस्तानको संघीय राजधानी इस्लामावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको खोप पाकिस्तानस्थित अमेरिकी राजदूत एंगेला पि एग्गेलेरले पाकिस्तानलाई हस्तान्तरण गरेका छन् ।

अमेरिकाले विश्वभरी वितरण गर्नेगरी छुट्याएको आठ करोड खोप मध्येबाट अहिले २५ लाख खोप पाकिस्तानलाई उपलब्ध गराएको हो ।

पाकिस्तानमा अहिलेसम्म चीनले तीन प्रकारका खोप उपलब्ध गराएको छ । चीनले पाकिस्तानलाई सिनोफार्म, क्यानसिनोबायो र सिनोभ्याक खोप उपलब्ध गराएको हो ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पाकिस्तानमा अहिले कुल जनसङ्ख्याको पाँच प्रतिशत मानिसले मात्रै खोप लगाउन पाएका छन् ।

पाकिस्तानमा कोभ्याक्समार्फत् १२ लाख मानिसले अष्ट्रजेनिका खोप लगाएका छन् । अरु खोप आउने क्रममा रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ३ : ५६ बजे

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१