मनसुनजन्य विपद् : ५ हजार विस्थापित, ३८ जनाको मृत्यु « Khabarhub

मनसुनजन्य विपद् : ५ हजार विस्थापित, ३८ जनाको मृत्यु


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनसुनजन्य विपद्‌मा परेर पछिल्लो २० दिनमा ३८ जनाको मृत्यु भएको छ । २४ बेपत्ता छन् भने ५१ जना घाइते भएका छन् । उक्त अवधिमा भएका ४०० बढी विपद्का घटनामा एक हजार ५७ घरका पाँच हजार १०१ मानिस विस्थापित भएका छन् ।

उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । विपद्‌मा परेर आजमात्रै थप चार जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी तथा पहिरोमा परेका एक हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । वर्षाको कारण सिन्धुली, धादिङ, काभ्रे, गोरखा, लमजुङ, खोटाङलगायत स्थानमा आज अवरोध भएका सडक पहिरो हटाइ सञ्चालनमा ल्याउने कार्य जारी रहेको छ । केही सडक खुलेका छन् ।

प्राप्त विवरणअनुसार बाढीका कारण ७९० घर डुबानमा, ५१९ घर, ९० गोठ, ३९ वटा पुल, ३ विद्यालय र ११ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । कुल ८१८ वटा पशुचौपाया मरेका छन् ।

पछिल्लो २० दिनमा मृत्यु भएका ३८ मध्ये २० पुरुष, ११ महिला, चार बालक र तीन बालिका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोकका पाँच, डोटीका चार, रोल्पा र गोरखाका तीन/तीन, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुई/दुई, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुराका एक/एक जना रहेका छन् ।

विपद्‌मा परेर अहिलेसम्म २४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १५ पुरुष, छ महिला, दुई बालक र एक बालिका छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकका २०, चितवनका तीन र बाजुराका एक जना छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

आज गोरखा र धादिङमा चार जनाको मृत्यु

पहिरोमा पुरिएर आज गोरखा र धादिङमा चार जनाको मृत्यु भएको छ । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–७ का ८० वर्षीय रमन पाण्डे र श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै धादिङ जिल्लाको वेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलास्थित सडकमा खसेको पहिरोमा परी भारत घर भएकी ४३ वर्षीया सोनी देवी र अर्का एक पुरुषको सोही पहिरोमा खसेको ढुङ्गा लागेर ज्यान गएको छ ।

उक्त पहिरोमा परी सडकमा गुडिरहेको बा १२ च ७१५६ नम्बरको म्याजिकसहित पाँच वटा सवारी साधनमा क्षति भएको छ । अन्य तीन घाइते भएका छन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ८ : ०१ बजे

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा

चितवनले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

वालिङ–हुवास सडक कालोपत्र हुँदै

पर्वत– दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र