पृथ्वी राजमार्गमा पहिरोले ५ वटा सवारीसाधन पुरियो, २ जनाको मृत्यु « Khabarhub

पृथ्वी राजमार्गमा पहिरोले ५ वटा सवारीसाधन पुरियो, २ जनाको मृत्यु


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको जवाङ खोलामा आज बिहान पहिरो खस्दा पाँचवटा सवारी साधन पुरिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा सडकमाथिबाट खसेको पहिरोमा पर्दा अन्य ६ जना घाइते भएका छन् । ट्रक र कन्टेनर पहिरोले पुरिँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका–६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।

प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको भारतीय ट्रक पुरिएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

अवरुद्ध सडक अपराह्नदेखि सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ९ : २५ बजे

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक

योगेश भन्छन् : अहिले च्याउसरी उम्रिएका पार्टीहरूको बिउ कहाँको भन्ने शंका छ

विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले मनोनयन