सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त | Khabarhub Khabarhub

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनीलकुमार पोखरेल नियुक्त भएका छन्।

उनलाई जेठ २७ मा बसेको सञ्चालक समितिको ३४५औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि नियुक्त गरेको हो।

उनी वैशाख १८ गतेदेखि कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। उनी दुई वर्षदेखि सिभिल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा आबद्ध थिए।

उनीसँग बैंक तथा वित्तीय संस्थामा काम गरेको तीन दशक लामो अनुभव छ। डिजिटलाइजेसनको माध्यमबाट कर्मचारीको कार्यक्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रूपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध विन योजना ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी सेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेलले बताए।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलको तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले बैंकलाई नयाँ उचाइमा पुर्‍याउने कुरामा आफू विश्वस्त रहेको बैंकका अध्यक्ष इच्छाराज तामाङले बताए।

उनले बैंकले चालु आवमा व्यावसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनमा समेत निरन्तर प्रगति अगाडि बढ्नेमा विश्वस्त रहेको पनि बताए।

बैंकले चालु वर्षको जेठ मसान्तसम्म ८८.९४ अर्बको निक्षेप र ८३.६० अर्बको कर्जा विस्तार गर्न सफल भएको छ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ५ : ३२ बजे

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६