यी हुन् मस्तिष्कलाई आघात पुर्‍याउने १० आनीबानी « Khabarhub

यी हुन् मस्तिष्कलाई आघात पुर्‍याउने १० आनीबानी



१. बिहानको नास्ता नखाने बानी- बिहान समयमै नास्ता नलिँदा लामो समयसम्म रगतमा ग्लूकोजको मात्र कम हुन पुग्छ । यसो हुँदा मस्तिष्कमा पर्याप्त पोषक तत्वहरु नपुग्दा मस्तिष्कका कोषहरु मर्न पुग्छन् ।

२. धेरै प्रतिक्रियात्मक हुनु– साना-साना कुराहरुमा पनि ज्यादा प्रतिक्रियात्मक हुँदा मस्तिष्कलाई अत्याधिक तनाव पुग्दछ र यसले आफ्नो क्रिया राम्ररी गर्दैन।

३. धूमपान, मद्यपान र लागू पदार्थ को सेवन- यस्ता पदार्थले मस्तिष्कको रक्त सञ्चार लगायत अन्य क्रियाहरुमा बाधा पुर्‍याउँछ । यस्ता पदार्थले मस्तिष्कको क्रियामा पनि असर पुर्‍याउँछ र मस्तिष्क संकुचित हुनका साथै मस्तिष्कको कोषहरु क्षय हुन्छ।

४. प्रशस्त पानी नपिउने बानी- पानी कम पिउँदा निर्जलतका कारण मस्तिष्कका कोषहरु मर्दछन् ।

५. गुलियोको अत्याधिक सेवन– धेरै गुलियोको सेवनले अन्य पौष्टिक तत्वहरुको अबशोषणमा दखल दिन्छ फलतः मस्तिष्कका लागि चाहिने पदार्थहरुको कमी हुँदा मस्तिष्कको विकास हुन सक्दैन र यसले राम्ररी काम गर्दैन।

६. वायु प्रदुषण– प्रदूषित वायुमा अक्सिजनको मात्रा कम हुने हुँदा कम अक्सिजनको कारणले ब्रेन ह्यपोक्सिया हुन्छ र मस्तिष्कलाई आघात पुग्छ।

७. अनिद्रा- निद्राले मस्तिष्कलाई आराम दिन्छ । लामो समयसम्म नसुत्दा अनिन्द्राकै कारणले ब्रेन सेलहरु मर्दछन्।

८. वैचारिक विश्लेषण नगर्ने बानी- वैचारिक विश्लेषण नगर्दा मस्तिष्कको सम्पूर्ण क्षमता विकास हुन सक्दैन।

९. भावनात्मक अशान्ति- काम, क्रोध, लोभ, मोह, अहंकार, राग, द्वेष, मृत्युको भय, मपाईत्व जस्ता कुराले मस्तिष्कलाई जहिले पनि आघात पुर्‍याउँछ ।

१०. बिरामी हुँदा पनि मस्तिष्कलाई आराम नदिनु- बिरामी हुँदा मस्तिष्कलाई आराम नदिँदा मस्तिष्कको क्रिया गडबडाउछ र मस्तिष्कलाई आघात पुग्दैछ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : १० बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि