यी हुन् मस्तिष्कलाई आघात पुर्‍याउने १० आनीबानी « Khabarhub

यी हुन् मस्तिष्कलाई आघात पुर्‍याउने १० आनीबानी



१. बिहानको नास्ता नखाने बानी- बिहान समयमै नास्ता नलिँदा लामो समयसम्म रगतमा ग्लूकोजको मात्र कम हुन पुग्छ । यसो हुँदा मस्तिष्कमा पर्याप्त पोषक तत्वहरु नपुग्दा मस्तिष्कका कोषहरु मर्न पुग्छन् ।

२. धेरै प्रतिक्रियात्मक हुनु– साना-साना कुराहरुमा पनि ज्यादा प्रतिक्रियात्मक हुँदा मस्तिष्कलाई अत्याधिक तनाव पुग्दछ र यसले आफ्नो क्रिया राम्ररी गर्दैन।

३. धूमपान, मद्यपान र लागू पदार्थ को सेवन- यस्ता पदार्थले मस्तिष्कको रक्त सञ्चार लगायत अन्य क्रियाहरुमा बाधा पुर्‍याउँछ । यस्ता पदार्थले मस्तिष्कको क्रियामा पनि असर पुर्‍याउँछ र मस्तिष्क संकुचित हुनका साथै मस्तिष्कको कोषहरु क्षय हुन्छ।

४. प्रशस्त पानी नपिउने बानी- पानी कम पिउँदा निर्जलतका कारण मस्तिष्कका कोषहरु मर्दछन् ।

५. गुलियोको अत्याधिक सेवन– धेरै गुलियोको सेवनले अन्य पौष्टिक तत्वहरुको अबशोषणमा दखल दिन्छ फलतः मस्तिष्कका लागि चाहिने पदार्थहरुको कमी हुँदा मस्तिष्कको विकास हुन सक्दैन र यसले राम्ररी काम गर्दैन।

६. वायु प्रदुषण– प्रदूषित वायुमा अक्सिजनको मात्रा कम हुने हुँदा कम अक्सिजनको कारणले ब्रेन ह्यपोक्सिया हुन्छ र मस्तिष्कलाई आघात पुग्छ।

७. अनिद्रा- निद्राले मस्तिष्कलाई आराम दिन्छ । लामो समयसम्म नसुत्दा अनिन्द्राकै कारणले ब्रेन सेलहरु मर्दछन्।

८. वैचारिक विश्लेषण नगर्ने बानी- वैचारिक विश्लेषण नगर्दा मस्तिष्कको सम्पूर्ण क्षमता विकास हुन सक्दैन।

९. भावनात्मक अशान्ति- काम, क्रोध, लोभ, मोह, अहंकार, राग, द्वेष, मृत्युको भय, मपाईत्व जस्ता कुराले मस्तिष्कलाई जहिले पनि आघात पुर्‍याउँछ ।

१०. बिरामी हुँदा पनि मस्तिष्कलाई आराम नदिनु- बिरामी हुँदा मस्तिष्कलाई आराम नदिँदा मस्तिष्कको क्रिया गडबडाउछ र मस्तिष्कलाई आघात पुग्दैछ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : १० बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको