अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी « Khabarhub

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेटवार्ताको तयारी भएको छ ।

पार्टी विवाद मिलाउने प्रयासस्वरूप अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी भएको हो । तर समय र स्थान तय भइनसकेको नेता सुवास नेम्वाङले जनाएका छन् ।

नेपाललाई पार्टीमा स्थान नरहेको दोहोर्‍याउँदै आएका ओली र समान हैसियतबिना एकता असम्भव भएको बताउँदै आएका दुई नेतालाई दोस्रो तहका नेताले भेटवार्ताका लागि बारम्बार दबाब दिँदै आएका थिए ।

पछिल्लो समय नेता नेम्वाङ, उपमहासचिव बिष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले दुबै नेताको भेटघाटको वातावरण बनाउन सक्रिय थिए ।

कार्यदलले बनाएको १० बुँदे सहमतिलाई हेरफेर आवश्यक भए त्यसलाई परिमार्जन गरेरै भए पनि पार्टी एक ढिक्का भएको सन्देश दिन ओली र नेपाललाई दोस्रो तहका नेताहरुको दबाब छ ।

०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ अघिको अवस्थाबाट पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल पक्ष संघर्षरत छ ।

तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउँदा पनि कार्यदलमा भएको १० बुँदे सहमतिबमोजिम पार्टी अघि बढाउँदा सहमतिमा नआएको भन्दै नेपालसँग संस्थापन पक्ष सकारात्मक छैन ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : ५५ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य