दाहाल-नेपाल भेटवार्ता, सरकारमा सहभागी हुन आग्रह | Khabarhub Khabarhub

दाहाल-नेपाल भेटवार्ता, सरकारमा सहभागी हुन आग्रह


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीसँग नेता नेपालको भेटवार्ता हुन लागेको बताइरहँदा त्यसअघि नै दाहालले नेपालसँग भेटेका हुन् ।

कोटेश्वरस्थित एक व्यापारीको निवासमा भएको भेटमा दाहालले आज पनि नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतले जनाएको छ ।

तर, पार्टीकै दोस्रो तहका नेताहरुले एकताका लागि दबाब दिएको तथा ओलीसँग भेट हुन लागेकाले त्यसअघि उनले यस विषयमा निर्णय दिएका छैनन् ।

संसद जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै गठबन्धनका नेताहरुले मन्त्रिपरिषद विस्तारमा पनि नेता नेपाललाई पर्खिदै आएका छन् । नेता नेपाल पक्ष सरकारमा सहभागी भए बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १० : २५ बजे

बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर क्षेत्रको धानबालीमा क्षति

सिरहा– मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण सिरहामा करिब

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत– कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकीकरण गर्दै तरकारी उत्पादनमा गाउँपालिकालाई

‘जेरी अन टप’ अनमोलको करिअर र यस वर्षकै हिट फिल्म

काठमाडौं – नायक अनमोल केसी स्टार फिल्मको ग्रस कलेक्सन ११

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत)

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल