धोनीसँग किन डराए गुलशन ? « Khabarhub

धोनीसँग किन डराए गुलशन ?


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउडका ‘ब्याडमेन’ उर्फ गुलशन ग्रोवर वास्तविक जीवनमा निकै सरल मानिस छन् । गुलशन आफ्नो करियरमा जहिल्यै विवादबाट टाढा रहन सफल भए । तर अब उनी ‘क्याप्टेन कुल’का नामले प्रख्यात एमएस धोनीका कारण तनावमा आएका छन् ।

उनी तनावमा आउनु मुख्य कारण धोनीको फक्स हक हेयर स्टाइल हो । धोनीको यो लुक्सबाट उनका फ्यान खुशी भइरहँदा गुलशनको मामलामा भने उनी डराएका छन् ।

गुलशनले एसएस धोनीको लुक्सको प्रशंसा गर्दै एक मजेदार प्रतिक्रिया दिएका छन् । धोनीलाई ट्वीटरमा ट्याग गर्दै ग्रोवरले ‘माही भाई शानदार लुक ! कृपया कुनै पनि डनलाई रिप्लेस नगर्नु, यसले मलाई पनि असर गर्न सक्छ । पहिलेदेखि नै मेरा अति प्रिय मित्र सञ्जय दत्त, सुनील शेट्टी र ज्याकी श्राफ मलाई यो व्यवसायबाट बाहिर निकाल्न खोजिरहेका छन् । अब आलिम ब्याडमेन आउदैछन्’ भनेर लेखेका छन् ।

हालैमात्र कोरियोग्राफर–निर्देशक फराह खानले धोनीका साथ एक विज्ञापनमा सहकार्य गरेका थिए । फराहले धोनीलाई विनम्र र प्रिय मान्छे भएको बताएकी थिइन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  २ : २० बजे

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं- महानायक राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको