नक्कली पेस्तोल देखाएर धम्क्याएको आरोपमा दुई जना पक्राउ « Khabarhub

नक्कली पेस्तोल देखाएर धम्क्याएको आरोपमा दुई जना पक्राउ


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली पेस्तोल देखाएर धम्की दिएको आरोपमा प्रहरीले काठमाडौंको मुलपानीबाट दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कागेश्‍वरी मनोहरा नगरपालिका–७ मूलपानी भैरवचौरस्थित भैरव बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धम्की दिएको आरोपमा दुई जनालाई सोमबार पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा कागेश्‍वरी मनोहरा–८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका–१ का १८ वर्षीय एक किशोर रहेका छन् ।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार गत आइतबार दिउँसो बा६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरूले सहकारीमा पेस्तोल देखाएर धम्की दिएको उजुरीका आधारमा खोजी गर्दै जाँदा उनिहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरूका साथबाट उटा खेलौना पेस्तोल र स्कुटर बरामद गरेको छ। अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ३ : ०५ बजे

स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाडौँ जिल्ला अदालतमा पुगेर रवि लामिछानेले लिए तारिख

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत

पहिरोका कारण विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

मान्म– जिल्लाको नरहरिनाथ गाउँपालिका-३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन

चारपटक म्याथ थपेर कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत

एमाले अध्यक्ष ओली अदालत नजाने : भर्चुअल हाजिर हुने

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसरमा शोभा पाठक

काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न