दमक नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग « Khabarhub

दमक नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा निर्माणाधीन चीन–नेपाल मैत्री औद्योगिक पार्कको तर्फबाट मंगलबार दमक नगरपालिकालाई उपहारस्वरुप स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको छ ।

दमक नगरपालिकामा आयोजित कार्यक्रममा पार्कका अध्यक्ष गोविन्द थापाले नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख तथा दमक अस्पताल सञ्चालक समिति अध्यक्ष गीता अधिकारी लगायतलाई १६ हजार मास्क तथा १५ ओटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको हो ।

सो क्रममा अध्यक्ष थापाले सहयोग भन्दा पनि नेपाली नागरिक कोरोना महामारीको विपत्तिमा परेका बेला पार्कको तर्फबाट उपहार प्रदान गरिएको बताए ।

सोक्रममा नगरप्रमुख ओली, उपप्रमुख अधिकारी लगायतले सहयोग प्रति धन्यवाद व्यक्त गरे । दमक अस्पताल मातहत ३० बेड क्षमताको कोभिड उपचार केन्द्र समेत सञ्चालन गरिएकोमा हाल ३७ जना कोरोना संक्रमितको उपचार भई रहेको अध्यक्ष अधिकारीले जानकारी दिइन् ।

दमक नगरपालिकामा कोरोनाको दोश्रो भेरियन्ट यता हाल सम्म ३ हजार १ सय ८० जना संक्रमित भएको र २ हजार २ सय ७१ संक्रमण मुक्त भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ भने हाल ८ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ९ : ४१ बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको