श्रीलंकामा एक करोड बढीले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

श्रीलंकामा एक करोड बढीले लगाए कोरोनाविरुद्धको खोप


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- श्रीलंकामा एक करोड बढीले कोभिड–१९ विरूद्धको खोप लगाएका छन् ।

श्रीलंकामा यसै वर्षको जनवरीदेखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोभिड–१९ खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोडभन्दा माथि हो ।

औषधी उत्पादन, आपूर्ति र नियमन राज्य मन्त्री चन्ना जयसुमानाका अनुसार श्रीलंकामा ३० वर्षभन्दा माथिको कुल जनसङ्ख्या एक करोड १५ लाख व्यक्तिहरु खोप लगाउन बाँकी रहेकोमा सो उमेर समूहका १५ लाख व्यक्तिलाई आगामी केही सातामा नै खोप दिइनेछ ।

जयसुमानाले स्थानीय सञ्चारकर्मीसँग भने, “श्रीलंकाका राष्ट्रपतिले अगस्टको अन्त्यअघि ३० वर्षभन्दा माथिका सबैलाई खोप लगाउने प्रबन्ध गर्न सरकारलाई दिएको निर्देशन अनुसार प्रशासनले काम गरिरहेको छ । हामी विश्वस्त छौं हामीसँग तोकिएको समयभन्दा अघि पनि यो अभियानलाई पूरा गर्न लागिपरेका छौँ ।”

सरकारी अधिकारीका अनुसार श्रीलंकाले खोप लगाउने कामलाई पहिलो प्राथमिकतामा राखी अभियानलाई तीव्रता दिएको छ । ३० वर्ष माथिको उमेरका व्यक्तिलाई खोप लगाइसके पछि सरकारले छिट्टै १८–३० बर्ष उमेर समूहलाई लक्षित गरी अभियान थाल्नेछ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङकअनुसार यस एशियाली मूलुकमा चीनमा निर्मित खोप सिनोफार्म लगाउने मात्रको सङ्ख्या करिब ८३ लाख रहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : ४५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्