नेपाल-चीन सीमा विवाद अध्ययन गर्न समिति गठन गरेसँगै चीन रुष्ट | Khabarhub Khabarhub

नेपाल-चीन सीमा विवाद अध्ययन गर्न समिति गठन गरेसँगै चीन रुष्ट


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सकारले नेपाल-चीन सीमा विवादबारे अध्ययन गर्न समिति गठन गरेसँगै चीन रुष्ट बनेको छ । स्रोतका अनुसार  चीनले विभिन्न बहाना बनाएर सीमा विवादको विषय आलटाल गर्न खोजिरहेको हो ।

चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले तिब्बत परराष्ट्र कार्यालयका महानिर्देशकसँग गरेको छलफमा सीमा विवादका विषय नउठाइनुले पनि थप शंका उब्जिएको स्रोत बताउँछ ।

महावाणिज्यदूत नवराज ढकालले महानिर्देशक पाइमा याङचोङसँग विविध विषयमा छलफल गरे पनि सीमाको कुरा गरेका छैनन् । उनले गरेको छलफलका विषय कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै दूतावसले परराष्ट्रलाई पत्र समेत लेखेको छ ।

कोरोना कहर, बाढीपहिरोले सडक भत्किएको लगायतका विभिन्न बहाना बनाउँदै चीनले नेपाल-चीन सीमा नाका समेत बेला-बेलामा बन्द गर्दै नेपाललाई अल्माल्याउन खोजेको जनाइएको छ ।

महावाणिज्य दूतावासले चाडपर्व नजिकै आएको भन्दै सामग्रीहरुको आयातको लागि तातोपानी र रसुवागढी नाका निर्वाध रुपमा सूचारु गरिदिन चीनलाई अनुरोध गरेको विषयमा भने चीन सकारात्मक रहेको जनाइएको छ । तर पनि कोरोनापछि नाका बन्द हुँदा भोगेको सास्ती अझै नभुलेको व्यापारीहरुको गुनासो छ ।

यसैगरी तिब्बत सरकारले नेपालका उत्तरी जिल्लाहरुलाई प्रदान गर्ने सहयोगको सन्दर्भमा ती जिल्लाहरुलाई छिट्टै नै सहायता सामग्री उपलब्ध गराइदिन महावाणिज्य दूतावासले आग्रह गरेका थिए ।  यसैगरी हिल्साको सौर्य ऊर्जा परियोजना सम्बन्धमा पनि सहयोग गर्न महावाणिज्य दूतावासले चीनलाई अनुरोध गरेको थियो । हिल्सा, नाम्खा गाउँपालिकामा नेपाल सरकारको आफ्नै सौर्य उर्जा परियोजना निर्माण निर्माण भइरहेको हुँदा अन्य किसिमको सहयोगका लागि अनुरोध गरिदिन नाम्खा गाउँ पालिकाबाट मौखिक अनुरोध चीनको नियोगलाई गरिएको जनाइएकाो छ । तर सहयोग विषयलाई तिब्बतले स्वीकार नगरेको स्रोतले जनाएको छ ।

गत साउन १० मा निर्वाध रुपमा नाका सञ्चालन गर्नेदेखि विभिन्न विषयमा चीनलाई अनुरोध गरे पनि त्यो पूरा नहुने देखिएको स्रोत बताउँछ ।

२०७७ असोजमा हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेर ९ वटा भवन बनाएको, १२ नम्बर पिल्लर सारेर लोलुजुङमा भवनहरु बनाएको, हिल्लाको ९९२० सीमा स्तम्भको दुईतिहाइ भाग चीनतिर पारेर बार लगाएको, हिल्साकै किडको ६९१० सीमा स्तम्भ आफ्नोतिर पारेर तारबार बनाएको लगायतका समाचार सार्वजनिक भइसकेका छन् ।

यस विषयमा अध्ययन गर्न सरकारले समिति गठन गरेसँगै चीन रुष्ट बनेको स्रोत बताउँछ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १२ : ३५ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’