२५ लाख रुपैयाँ बराबरको पटकासहित एक जना पक्राउ (फोटोफिचर) « Khabarhub

२५ लाख रुपैयाँ बराबरको पटकासहित एक जना पक्राउ (फोटोफिचर)


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अवैध रुपमा पटाका तथा विस्फोटक पदार्थको भण्डारण गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले विभिन्न समयमा उपत्यका बाहिरबाट गैरकानूनी रुपमा लुकाई छिपाई गरेर ल्याइएको २५ लाख मूल्य बराबरको पटका, भुइँचम्पा लगायत विस्फोटक  पदार्थसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौं कागेश्वरी मनहरा–८ गोठाटार बस्ने ३० वर्षीय कामेश्वरप्रसाद यादव रहेका छन् । गोप्य सूचनाका आधारमा प्रहरीले गोठाटारस्थित यादवको गोदाममा छापा मार्दा ठूलो परिमाणको विभिन्न प्रकारका पटाकाहरू बरामद गरेको महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।

उनले गोदामबाट गमला पटका २५ केजी, फ्लावरकोन पटाका ४२० केजी, चक्र पटाका १२० केजी , हाइड्रोबम पटका ३ कार्टुनलगायत बरामद गरिएको बताए । पक्राउ परेका व्यक्तिले काठमाडौँमा इट्टा ल्याउन ट्रकमा लुकाई छुपाई पटाका ल्याउने गरेको खुलेको पनि प्रहरीले जनाकारी दिएको छ ।

पक्राउ परेको व्यक्तिलाई विष्फोटक पदार्थ सम्बन्धी कसूरअन्तर्गतको मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ५ : ०६ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी