सेनाको भैरव बाहन गुल्ममा मनाइयो कुकुर तिहार | Khabarhub Khabarhub

सेनाको भैरव बाहन गुल्ममा मनाइयो कुकुर तिहार


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुकुर तिहारका दिन कुकुरलाई मन पर्ने खाना खान दिएर फूलमाला लगाइ पूजा गरिन्छ । कुकुरलाई पनि यमदूतको रूप मानिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।

कुकुर आज्ञापालक जनवार हो । घरको रेखदेखदेखि भेडाबाख्रा र घरपालुवा जनवारको सुरक्षामा समेत कुकुरलाई प्रयोग गरिँदै आइएको छ । संसारमा सबैभन्दा बढी घरपालुको रुपमा समेत कुकुर रहेको छ ।

कुकुर तिहारको अवसरमा नेपाली सेनाले भक्तपुरको गठ्ठाघरस्थित भैरव बहान गुल्ममा पालिएका कुकुरको पूजा गरेको छ ।

गुल्ममा रहेको डग केनलमा हाल जर्मन सेफर्ड २३, लेब्राडोर ५५ र ककर स्पाइनल ७, गोल्डेन रिट्रिभर २ र मालिनोइज १ बच्चा कुकुर रहेका छन् ।

सेनाले उमेर र काम गर्ने क्षमताका आधारमा छनोट गरी डग केनलबाट शान्ति मिसनमा कुकुर पठाउने गरेको छ । एउटा स्वस्थ कुकुरले आठ वर्षको उमेरसम्म पूर्णरुपमा काम गर्न सक्ने बताइएको छ ।

तस्वीरमा हेर्नुहोस् गुल्ममा मनाइएको कुकुर तिहार

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १० : ५७ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव