अभिनेत्री डायलनसँग क्रिस्टनले गरिन् इन्गेजमेन्ट « Khabarhub

अभिनेत्री डायलनसँग क्रिस्टनले गरिन् इन्गेजमेन्ट


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– हलिउड फिल्म ‘ट्वाइलाइट’ अभिनेत्री क्रिस्टन स्टीवर्टले हालैमात्र आफ्नो इन्गेजमेन्टको खबर सार्वजनिक गरेर सबैलाई चकित बनाएकी छन् । उनी लामो समयदेखि डायलन मेयरसँग डेट गरिरहेकी छन् । क्रिस्टनले हालैमात्र डायलनसँग विवाहको लागि स्वीकार गरेकी थिइन् ।

दुवैले हालैमात्र इन्गेजमेन्ट गरेका छन् । यो कुराको खुलासा क्रिस्टनले ‘द हावर्ड स्टर्न शो’को बेला गरेकी हुन् । डायलन एक अभिनेत्री र लेखक हुन् । उनी ‘मोक्सी’, ‘रक बटम’ र ‘मिस २०५९’ जस्ता फिल्मका लागि लोकप्रिय छिन् ।

क्रिस्टनले आफूहरु चाँडै विवाह गर्न लागेको बताएकी छन् । ‘हामी साँच्चै नै विवाह गर्दैछौं । म प्रपोज गर्न चाहन्थें, त्यसकारण मलाई लाग्छ कि मैले जुन कुराहरु चाहिरहेकी छु, त्यो पुरा हुँदै गएको छ’ उनले भनेकी छन् ।

‘म जहिल्यै सोच्थें कि जब म आफ्नो प्रेमिकासँग बाहिर जान्छु, तब मेरो फोटो खिचिनेछ । तर म यो बारेमा कुरा गर्न चाहन्न थिएँ । मलाई दबाब महशुस हुन्थ्यो । तर एलजीबीटीक्यू समुदायले मलाई कुनै पनि दबाब दिएनन् । मानिसहरु हाम्रो फोटो र हामीमाथि लेखिएको लेखलाई पढिरहेका छन् । म त्यो बेला एक बच्चा थिएँ । मलाई यो सबै देख्दा अपमानित महशुस भएको थियो । तर अब समय बदलिएको छ । म इञ्जोय गरिरहेकी छु’, उनले भनेकी छन् ।

क्रिस्टन र डायलन सन् २०१९ देखि एकअर्कासँग डेट गरिरहेका छन् । दुवैको भेट कमन फ्रेण्ड्सका माध्यमबाट भएको थियो । त्यसपछि दुवैबीच सम्बन्ध प्रगाढ भयो र एक अर्कासँग डेट गर्ने निर्णय लिए । दुई वर्षको सम्बन्धपछि उनीहरुले इन्गेजमेन्ट गरे र चाँडै नै विवाह पनि गर्दैछन् ।

डायनलअघि क्रिस्टनले सुपर मोडल स्टेला मेक्सवेल र रोबर्ट पेटिन्सनसँग डेट गरेकी थिइन् । रोबर्ट र क्रिस्टनको जोडी मानिसले अत्याधिक रुचाएका थिए । दुवै फिल्म ‘ट्वाइलाइट’बाट नजिकिएका थिए ।

रोबर्टपछि क्रिस्टनले सुपरमोडल स्टेलासँग डेट गरिन् । तर यो सम्बन्ध लामो समयसम्म टिकेन ।

क्रिस्टनले आफ्नो करियरको सुरुवात ह्यारी पोर्टरको फिल्मबाट गरेकी थिइन् । त्यसपछि उनी ‘द ट्वाइलाइट सागा’, ‘पेनिक रुम’, ‘जजुरा’, ‘इद द लेण्ड अफ वुमन’, ‘द मेसेन्जर्स’, ‘एडभेञ्चरलेण्ड’ र ‘द रनावेज’ जस्ता फिल्ममा देखिइन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १२ : ३० बजे

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै

नेपालगन्ज– बाँकेको नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौँ– आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको

रविको भारत भ्रमण : कूटनीतिक अग्निपरीक्षा र भू-राजनीति

नेपालको राजनीतिमा जहिले पनि एउटा बहस रहँदै आयो, सिंहदरबारको सत्ता

अण्डाको मूल्य बढ्यो

चितवन– नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल