भिडियोमा हेर्नुहोस् नेपाली सेनाका ‘फौजी कुकुर’ को कौशल « Khabarhub

भिडियोमा हेर्नुहोस् नेपाली सेनाका ‘फौजी कुकुर’ को कौशल


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकरको आज ‘कुकुर तिहार’ को अवसरमा विशेष पूजासँगै तिनका कला पनि प्रस्तुत गरेको छ ।

कुकुरको सहयोगमा सेनाले हातहतियार तथा विष्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षा गार्डमा कुकुर प्रयोग गर्दै आएको छ ।

हेर्नुहोस् भिडियोमा फौजी कुकुरको कौशल

सरकारले २०५५ सालमा सेनामा तालिम प्राप्त सैनिक डग राख्ने निर्णय गरेपछि सोही वर्ष भारतबाट जर्मन सेफेर्ड ६ र लेब्राडोर ६ कुकुर ल्याएर २०५६ सालदेखि तालिम दिई सञ्चालन गरिएको गठ्ठाघरस्थित भैरव बहान गुल्मको डग केनलमा हाल जर्मन सेफेर्ड २३, लेब्राडोर ५५, ककर स्पाइनल सात, गोल्डेन रिट्रिभर दुई, मालिनोइज एक बच्चा कुकुर छन् ।

एउटा कुकुरका लागि तालिम र खाना खर्चसहित सबै बन्दोबस्तीका लागि प्रतिदिन ३७३ रुपैयाँ खर्च लाग्ने बताइएको छ ।

नेपाली सेनाले १८ वर्षदेखि आफ्ना फौजी कुकुरलाई शान्ति मिसनमा पनि सहभागी गराउँदै आएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  २ : १३ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा