रेश्मासँग राजेशको ‘मन बुढो भएन’ « Khabarhub

रेश्मासँग राजेशको ‘मन बुढो भएन’


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता राजेश हमालको स्वरमा रहेको गीत ‘मन बुढो भएन’को भिडियो सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमबीच दीपक शर्माको शब्द र संगीत रहेको गीत सार्वजनिक गरिएको हो ।

गीतमा हमालसँगै सुवास पुरी तथा गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलको स्वर रहेको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा हमालसँग रेश्मा घिमिरेको अभिनय छ । भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।

‘उमेर आफ्नो रफ्तारमा गईरहेपनि मन बुढो भने कहिल्यै हुँदैन । यो गीतको पोस्टर शेयर गरेपछि उमेर धेरै भएका शुभचिन्तकहरुले हौसला मिलेको छ । मलाई पनि लाग्छ मन बुढो कहिल्यै हुँदैन’, हमालले भने, ‘आफ्नो उमेर घटाएर कहिल्यै घट्दैन तर उमेर भन्दा बढि नदेखिन आफ्नो जीवनशैली मिलाउनै पर्छ’ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ५ : १८ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा