पूर्जाको ‘१४ पिक्स : नोथिंग इज इम्पोसिबल’को ट्रेलर रिलिज « Khabarhub

पूर्जाको ‘१४ पिक्स : नोथिंग इज इम्पोसिबल’को ट्रेलर रिलिज


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो केही समययता ओटीटीको लोकप्रियता बढेसँगै नेपाली फिल्म त्यहाँ कहिले हेर्न पाइएला भन्ने चर्चा हुने गरेको छ । विश्व फिल्मका कथालाई आफ्नो माध्यमबाट डिजिटल प्लेटफर्ममा ल्याइरहेको ओटीटीले नेपाली फिल्ममा भने अझै लगानी गरेको छैन, न त नेपाली फिल्म नै राखेको छ ।

ओटीटी जायन्ट नेटफ्लिक्ससम्म नेपाली फिल्म पुर्‍याउन राम्रै प्रयास भइरहेका छन् । तर, त्यसले अझै सार्थकता पाएको छैन । यद्यपि नेपालीको कथामा बनेको एक डकुमेन्ट्री भने नेटफ्लिक्समा हेर्न पाइने भएको छ ।

हिमाल आरोही निर्मल पूर्जाको आरोहणको विषयमा बनेको डकुमेन्ट्री ‘१४ पिक्स : नोथिंग इज इम्पोसिबल’ को ट्रेलर नेटफ्लिक्सले सार्वजनिक गरेको छ । २९ नोभेम्बरमा रिलिज गरिने डकुमेन्ट्रीको ट्रेलरमा पूर्जाको जीवन यात्रालाई देखाइएको छ । ट्रेलर सार्वजनिक भएपछि पूर्जाले आफ्नो वाल्यकाललाई सम्झिएका छन् ।

‘सानो छँदा हामीसँग टेलिभिजन थिएन । छिमेकीको घरमा गएर झ्यालबाट चिहाएर फिल्म हेथ्र्यौ । छिमेकीले देखे हामीलाई निस्केर जा भन्थे । त्यो स्थानबाट आज यहाँसम्मको यात्रा मैले टीमसँगैकै साथले पार गरेको हुँ,’ पूर्जाले सामाजिक सञ्जालमा लेखेका छन् । फिल्म निर्माण गर्ने नेटफिल्क्स युनिटलाई उनले धन्यवाद पनि दिएका छन् ।

विश्वका १ सय ९१ देशमा रिलिज हुने र ३१ भाषामा अनुवाद हुने डकुमेन्ट्रीमा ७ महिनाको अवधिमा ८ हजारभन्दा धेरै उचाइका १४ वटा हिमाल आरोहण गरेको पूर्जाको हिमालको कथा समेटिएको छ । उनले सन् २०१९ अप्रिल २३ मा अन्नपूर्ण हिमालको आरोहण गर्दै ७ महिने चुनौतीको सुरुआत गरेका थिए ।

सोही वर्षको मे २२ मा उनले सगरमाथाको आरोहण गरेका थिए । ब्रिटिस आर्मीसमेत रहेका निर्मल पूर्जाका ४८ घण्टामा सगरमाथा, ल्होत्से र मकालुको आरोहण गरेको रेकर्ड छ । पूर्जाका नाममा जाडोयाममा पाकिस्तानको केटु हिमाल आरोहण गरेको रेकर्ड पनि छ । डकुमेन्ट्रीलाई टोरक्विल जोन्सले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : ३६ बजे

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय