अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा « Khabarhub

अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अवरोधरहित वातावरणमा अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगार, सहभागिता, सामाजिक सुरक्षा र पुनःस्थापना सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको ३०औँ अन्तराष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कोभिड–१९ को महामारीका कारण अपाङ्गता भएका व्यक्तिहरुको रोजगार तथा जीवनयापन अझ धेरै प्रभावित भएको उल्लेख गरेका छन् । तसर्थ उनले अपाङ्गता भएका व्यक्तिलगायत सबै सिमान्तकृत समुदायका आवश्यकता र समस्यालाई विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले अपाङ्गता भएका व्यक्तिहरुले भोगिरहेका भौतिक दृष्टिकोणजन्य, कानूनी र सञ्चारमा रहेका अवरोध न्यूनीकरण गरेर सम्मानपूर्वक, स्वाबलम्बी, आत्मनिर्भर जीवनयापन गर्न पहुँचयुक्त वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको बताए । अपाङ्गता भएकै कारण स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिलाई डाइफर क्याथेटर जस्ता सामानको लागि यो सरकारले मासिक रु पाँच हजार सुविधा निर्णय गरेको छ भने अपाङ्गताको गाम्भिर्यताको आधारमा अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सुविधा वृद्धि गरेको छ ।

उनले दिवसले यस क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था र सम्बन्धित सबै सरोकारवालालाई अपाङ्गता भएका व्यक्तिको हित र अधिकारको प्रवद्र्धनमा एकीकृत रुपमा प्रभावकारी कार्यक्रम लिई अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : ३१ बजे

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

मकवानपुर– मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने क्रम

फेरि बढ्यो सुनको मूल्य : तोलाको तीन लाख पाँच सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका लागि

हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ

आजदेखि देशभरका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं– सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको