तुवाचुङ नगरपालिकाले दियो हलेसी मेलामा सार्वजनिक बिदा « Khabarhub

तुवाचुङ नगरपालिकाले दियो हलेसी मेलामा सार्वजनिक बिदा


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – बालाचतुर्दशी मेलाका अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ । त्रि-धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्षित गरी नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

स्थानीय बासिन्दा बालाचतुर्दशी मेला दर्शन गर्न जाने भएकाले बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीकिरण आचार्यले जानकारी दिए ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा लाग्ने मेलालाई बृहत् बनाउन नगरपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।

बालाचतुर्दर्शीको अवसरमा बिहीबारदेखि हलेसीमा ठूलो मेला सुरु भएको हो । बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा सतविज छर्नका लागि दर्शनार्थीको बाक्लो भीड लाग्ने गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : २८ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति