बालविवाह न्यूनीकरण गर्न मतदान गर्दा परिणाम यस्तो « Khabarhub

बालविवाह न्यूनीकरण गर्न मतदान गर्दा परिणाम यस्तो


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलामा बालविवाह न्यूनीकरण गर्नु ठिक कि बेठिक भन्दै मतदान भएको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् ।

मालिकार्जुन गाउँपालिकालाई विसं २०८० भित्र बालविवाह मुक्त घोषणा गर्ने लक्ष्यअनुरुप गाउँपालिका–२, ३ र ७ मा मतदान भएको हो । सानै उमेरमा विवाह गर्नु राम्रो कि नराम्रो विषयमा मतदान गरिएको सामुदायिक ग्रामीण विकास समाज नेपालका सामाजिक सहजकर्ता वसन्ती धामीले बताइन् ।

गुड नेवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोग, मालिकार्जुन गाउँपालिकाको समन्वय र सामुदायिक ग्रामीण विकास समाज नेपालको आयोजनामा बालविवाह न्यूनीकरणका लागि मतदान भएको हो । मालिकार्जुन मावि मडमा भएको मतदान कार्यक्रममा २५५ जनाले मतदानमा सहभागिता जनाएका थिए । जसअनुसार बालविवाह गर्नु ठिक हो भन्ने पक्षमा २९ र विपक्षमा २२५ मत तथा बदर एक मत खसेको सहजकर्ता धामीले बताइन्।

बुधबार मात्र मालिकार्जुन गाउँपालिका–२ र वडा नं ७ मा बालविवाह गर्नु ठिक कि बेठिक भनेर मतदान भएको थियो । मालिकार्जुन गाउँपालिकाले विसं २०७६ मा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति तयार गरे लागू गरेको छ । सोहीअनुसार गाउँपालिकामा अहिले गुड नेवर्सको सहयोगमा बालविवाह अन्त्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् ।

एक अध्ययनअनुसार मालिकार्जुन गाउँपालिकामा १४ देखि १५ वर्षको उमेर समूहमा बालविवाह गर्ने सात दशमलव १४ प्रतिशत, १६ देखि १७ वर्ष उमेर समूहमा विवाह गर्ने २७ दशमलव ७८ प्रतिशत, १८ देखि १९ वर्ष उमेरमा विवाह गर्ने ६४ दशमलव २९ प्रतिशत रहेको छ । बालविवाहमा परेकामध्ये ५८ दशमलव ७८ प्रतिशत मागी विवाह, १५ दशमलव नौ प्रतिशत भागी विवाह र २५ दशमलव चार प्रतिशत प्रेम विवाह रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । बालविवाहका कारण विद्यार्थीको बीचैमा पढाइ छुट्ने गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : ३९ बजे

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य