भक्तपुरमा आजदेखि मतदाता नामावली संकलन हुने « Khabarhub

भक्तपुरमा आजदेखि मतदाता नामावली संकलन हुने


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरका स्थानीय तहमा आजदेखि फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ । चारवटा स्थानीय तह रहेको भक्तपुरमा पहिलो र दोस्रो चरण गरी दुई चरणमा नामावली संकलन हुनेछ ।

जिल्ला निर्वाचन कार्यालय कार्यालयका अनुसार पहिलो चरणमा मध्यपुर थिमि नगरपालिका र चाँगुनारायण नगरपालिकाका केन्द्रहरुमा नामावली संकलन हुनेछ ।

सूर्यविनायक नगरपालिकामा दोस्रो चरणमा नामावली संकलन हुनेछ । तर भक्तपुर नगरपालिकामा जिल्ला प्रशासन कार्यलय र जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पहिलो चरणमा आजदेखि १५ दिनसम्म सञ्चालन हुने छ । मतदाता नामावलीमा भएको त्रुटि सच्याउनु परेमा वा मतदाता नामावली सार्नु परेमा जिल्ला निर्वाचन कार्यालयबाट गरिनेछ ।

मतदाता नामावलीमा नाम समावेश गर्न नागरिकताको सक्कलसँगै छायाँप्रति र नागरिकतामा स्थाई ठेगाना अन्य जिल्लाको भएमा बसाई सराइ प्रमाणपत्र वा विवाह भई आएको अवस्थामा विवाह दर्ता प्रमाणपत्र आवश्यक पर्नेछ ।

भक्तपुरमा २०७७ पुस ५ गते १८ वर्ष उमेर पुगेका एक लाख ८४ हजार ३७१ मतदाता छन् ।

भक्तपुरमा ७७ मतदान स्थल र २१५ मतदान केन्द्र छन् । स्थानीय तहमध्ये भक्तपुर नगरपालिकामा ५६ हजार ५२६, सूर्यविनायक नगरपालिकामा ४५ हजार ६९२, मध्यपुर थिमि नगरपालिकामा ४० हजार ९४५ र चाँगुनारायण नगरपालिकामा ४१ हजार २०८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १० : २१ बजे

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन्

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका