बालाचतुर्दशीमा भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भिड « Khabarhub

बालाचतुर्दशीमा भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भिड


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – बालाचतुर्दशी पर्वका दिन आज बिहानै भक्तपुरको डोलेश्वर महादेव मन्दिरबाट ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरसम्म शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्र्ग कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने भएपछि भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका बासिन्दाले आफ्ना नजिकका शिवालयमै बालाचर्तुदशी पर्व मनाउन थालेका छन् ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर परिसरमा एक हजारभन्दा बढी स्थानीयवासीले रातभरि जाग्राम बसेर आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर आज बिहानै शतबीज छरेका छन् । सूर्यविनायक नगरपालिका–८ सिपोडोलका वडाध्यक्ष एवं डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका पूर्व वरिष्ठ उपाध्यक्ष किरण थापाले विगत चार वर्षदेखि यहाँका बासिन्दाले डोलेश्वर महादेव मन्दिरमै महादीप बालेर जाग्राम बस्ने र शतबीज छर्ने गरेको बताए ।

केही वर्ष अगाडिसम्म पशुपति जाँदै आएका यहाँका बासिन्दा डोलेश्वर मन्दिरमा चौघेरा सत्तल र १०८ शिवलिङ्गको व्यवस्था भएपछि स्थानीयवासीले डोलेश्वर महादेव मन्दिरको मूल दीपबाट दीप प्रज्ज्वलन गरी दीप, महादीप बालेर रातभरि जाग्राम बस्ने र बिहानै स्नान गरी यहीँको १०८ शिवलिङ्ग र महादेव मन्दिर परिसरमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाउने गरेको वडाध्यक्ष थापाले जनाए।

उनले भने, ‘यहाँका बासिन्दाले डोलेश्वर महादेव मन्दिरमै आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप महादीप बालेर आज बिहान शतबीज छर्दै बालाचतुर्दशी मनाएका छन्, रातभरि जाग्राम बस्नेलाई मन्दिरको चौघेरा सत्तलमा व्यवस्थापन गरेका छौँ, सुरक्षाको व्यवस्था गरेका छौँ, यहाँका बासिन्दालाई अहिले पशुपतिको घुइँचोमा जानु पर्दैन, आफ्नै गाउँमा सजिलैसँग पर्व मनाउन थालेका छन् ।’

त्यसैगरी सूर्यविनायककै सिपाडोलस्थित आशापुरी महादेव मन्दिर, वडा नं ७ गुण्डुको अनन्तलिङ्श्वर महादेव मन्दिर, वडा नं १ सिरुटारको चरखण्डीश्वर महादेव मन्दिर, सोमलिङेश्वर महादेव मन्दिर र गुप्तेश्वर महादेव मन्दिरमा यहाँका बासिन्दाले रातभरि जाग्राम बसेर दीप तथा महादीप बालेर आज बिहान शतबीज छर्दै बालाचतुदर्शी पर्व मनाएका छन् । मन्दिरसँगैको नदीमा दीप विसर्जन गर्ने र शतबीज छर्ने व्यवस्था भएपछि सहज भएको हो ।

त्यस्तै चाँगुनारायण नगरपालिकास्थित ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरमा पनि यहाँका बासिन्दाले दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बसेर आज बिहान शतबीज गरेका छन् । विगतमा पशुपतिमा जाँदै आएका यहाँका बासिन्दाले मन्दिरमै १०८ शिवलिङ्गसमेत बनाएपछि बालाचतुर्दशी यहीँ मनाउन थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जानकारी दिए ।

उनले भने, ‘चाँगुनारायणका धेरैजसो बासिन्दाले अहिले बालाचतुर्दशी यहीँ ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरमै मनाउने गरेका छन्, ५०० जनालाई पुग्ने गरी समितिले टेण्ट हालिदिने, पानीलगायत आवश्यक सबै व्यवस्थापन गरिदिएको छ, मन्दिरमै १०८ शिवलिङ्ग बनाएपछि शतबीज छर्न पनि सहज भएको छ, अहिले पशुपतिको घुइँचोमा जानु पर्दैन ।’

हरेक वर्ष त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभर जाग्राम बस्दै आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै चतुर्दशीको दिन बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने, होमहोमादी गर्ने प्रचलन रहँदै आएको छ ।

त्यसो त भक्तपुरका चारवटा नगरपालिकाका विभिन्न क्षेत्रबाट आफ्ना दिवङ्गत पितृको आत्माको चीरशान्तिको कामना गर्दै पशुपति मन्दिर परिसरमै गएर दीप बाल्ने, रातभर जाग्राम बस्ने र शतबीज छर्नेहरू छन् । पशुपतिको भीडमा जान नचाहनेले भने आ–आफ्ना नगरपालिकाभित्रका शिवालयमा दीप बालेर शतबीज छर्ने गर्न थालेका छन् । कतिपयले भने आफ्ना नजिकको शिवालयमा रातभर जाग्राम बसेर दीप बालेर बस्ने र बिहान शतबीज छर्न भने पशुपति जाने प्रचलन पनि चलाउन थालेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १० : १५ बजे

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य