कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार ६३ जनाले प्राप्त गरे ‘ए प्लस’ « Khabarhub

कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार ६३ जनाले प्राप्त गरे ‘ए प्लस’


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार तीन लाख ७४ हजार १५ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ७ हजार ६३ जना विद्यार्थीले ए प्लस नतिजा प्राप्त गरेका छन् । त्यस्तै ए ग्रेड नतिजा ल्याउने विद्यार्थीको संख्या ४८ हजार २३९ रहेको बोर्डले जनाएको छ ।

७० हजार १ जनाले बी प्लस प्राप्त गरेका छन् । त्यस्तै ९९ हजार ५३७ जनाले बी ग्रेड प्राप्त गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए । त्यस्तै ७५ हजार ०८८ जना विद्यार्थीले सी प्लस नतिजा प्राप्त गरेको उनले बताए ।

यसैगरी २४ हजार ५१५ जना विद्यार्थीले ग्रेड सी नतिजा प्राप्त गरेका छन् भने ३ हजार ८७५ जना विद्यार्थीले डी प्लस प्राप्त गरेका छन् । डी ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या २९६ छ । त्यस्तै १० हजार ७३ जनाले ग्रेड ई प्राप्त गरेका छन् । त्यस्तै ४६ जना विधार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेको थियो । कोभिड–१९ का कारण परीक्षा दिन नपाएका ४१ जना विद्यार्थीहरुले गत बुधबारदेखि परीक्षा दिएका छन् ।

उनीहरुको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।

नतिजा सिस्टममा अपलोड गर्ने काम चलिरहेकाले विद्यार्थीहरुले डेढ घण्टापछि मात्र नतिजा हेर्न सक्ने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १० : ४३ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज

गायिका तेजवतीको स्वरमा रहेको ‘नेपालकी छोरी’ सार्वजनिक

काठमाडौं – गायिका तेजवती जोशीको स्वरमा ‘नेपालकी छोरी’ बोलको गीतको

झाडी फाँडेर फलफूल बगैँचा, ८० जनाले पाएका छन् रोजगारी

म्याग्दी– बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी फाँडेर

वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य : नेता आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको