हाम्रो पात्रो एपवाट दुई महिना मै १ करोडभन्दा बढीको  रेमिट्यान्स भित्रियो « Khabarhub

हाम्रो पात्रो एपवाट दुई महिना मै १ करोडभन्दा बढीको  रेमिट्यान्स भित्रियो


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालकै लोकप्रिय एप हाम्रो पात्रो एपवाट १ करोड भन्दा बढिको  रेमिट्यान्स नेपाल भित्रिएको छ ।

एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले दुई महिनाअघि मात्र यो सुबिधा प्रयोगकर्तामाझ सुचारुमा ल्याएको थियो ।

यो अवसरमा हाम्रो पात्रो इंकका सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदार  धन्यवाद व्यक्त गरेका छन् । ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ म सबै प्रयोगकर्ताहरूलाई उनीरूको समर्थन र विश्वासको लागि आभार ब्यक्त गर्दछु । हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा नेपालमा पैसा पठाउने सुबिधा दिनु हो,अबको केही समयमा अस्ट्रेलिया, जापानबाट पनि यो सुबिधा थाल्ने गृहकार्य गर्दैछौँ ।’

यस्तै गरी ‘इन्स्ट्यांन्ट ट्रान्सफर’ सुबिधा चाडै आउने उप्रेतीले बताए । जस अन्तर्गत पैसा पठाएको केही समयमै नेपालको बैंक खाता अथवा मोबाइल एपमा पैसा जम्मा हुनेछ ।

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ । जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन् ।

हाम्रो पात्रो एपले नेपाली एपहरुमा नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ । यस अघि १० लाख र ५० लाख हुदै १ करोड डाउनलोड पुरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो । पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो ।

प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रो पात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ । साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रोपात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १२ : १५ बजे

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य