बुटवल-नारायणगढ सडक तीन वर्षको प्रगति ११ प्रतिशत ! | Khabarhub Khabarhub

बुटवल-नारायणगढ सडक तीन वर्षको प्रगति ११ प्रतिशत !


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– निर्माणाधीन बुटवल-नारायणगढ सडक तोकिएको समयमा पूरा नहुने भएको छ । सडक निर्माण सुरू भएको तीन वर्षमा ११ प्रतिशत मात्र प्रगति भएको छ । जबकि सडक निर्माणको अवधि साढे तीन वर्ष तोकिएको थियो ।

समयमा पूरा नभएपछि निर्माण कम्पनीले म्याद थपको गृहकार्य थालेको छ । १७ अर्ब रुपैयाँको लागतमा बन्ने यो सडकका लागि एसियाली विकास बैंकले ८५ प्रतिशत रकम उपलव्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ ।

निर्माण सुरू भएपछि अनेकौं समस्या झल्नुपरेको भन्दै निर्माण कम्पनीले म्याद थप गर्न आयोजनासँग माग गरेको छ ।

आयोजनालाई पठाएको निवेदनमा निर्माण कम्पनीले सडक निर्माण सुरू भएपछि कोरोना कहर निम्तिएको, लगातारको वर्षातले गर्दा साईट क्लियरमा ढिलाई भएको, कामको लोड पनि थपिएको र जसले गर्दा निर्माण कार्य प्रभावित भएको उल्लेख गरेको छ । सडक आयोजनासँग निर्माण कम्पनीय दुईवर्ष म्याद थप गर्न माग गर्दै पत्र पठाएको हो ।

सडक निर्माण दुई प्याकेजमा अगाडि बढाइएको छ भने दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले लिएको छ । नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने–बुटवल ४९ किलोमिटर बन्ने छ ।

दाउन्ने पश्चिमको सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीप शाक्यले हालसम्म यो सडक खण्डमा ११ प्रतिशत मात्रै काम भएको जानकारी दिए ।

‘कोभिडका कारण सुस्त भएको काम केही समययता भने नियमित भैरहेको छ’, उनले भने । इन्जिनियर शाक्यका अनुसार अहिले करिब पाँचसय जना कामदारले साइट क्लियरको काम गरिरहेका छन् ।

२०७५ पुसमा ठेक्का सम्झौता भएको यो सडक २२ साउन २०८० सम्म निर्माण सक्नुपर्ने उल्लेख छ । तर, निर्माण कम्पनीले २०८२ साउनसम्म निर्माण सक्नेगरी पत्र पठाएको इन्जिनियर शाक्यले बताए । म्याद थपको माग निर्माण कम्पनीले गरेपछि आयोजनाले सडकको अवस्थाबारे बुझ्न विज्ञहरूको टोली खटाएको छ ।

कोरोना कहरका कारण निम्तिएको लकडाउन र त्यसअघि रुख कटानको स्वीकृती र विद्युतका पोल सार्ने काम नभएकाले काम प्रभावित भएको थियो । तर, अहिले भने यी सबै काम नियमित रुपमा अगाडि बढेको इन्जिनियर शाक्यले बताए ।

विद्युत प्राधिकरणले पोल नसारिदिएपछि निर्माण कम्पनी आफैले पोल सारिरहेको छ । दाउन्ने लगायतका केही स्थानमा रुख कटानको काम पनि भइरहेको छ । सडक आयोजना खण्ड ‘क’ का प्रमुख रमेश दृष्टिले निर्माण कार्य जारी रहेको बताए । ‘तर अहिलेसम्मको प्रगति भने सन्तोषजनक छैन’, उनले भने ।

आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणगढलाई फास्टट्रयाक सडकले जोड्ने गरी यो सडक बिस्तारको काम सुरू भएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले ८ चैत २०७५ बुटवलको राजमार्ग चौराहामा सडक बिस्तारको शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १२ : २२ बजे

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

काठमाडौं – भारतको छत्तीसगढ राज्यमा सुरक्षाकर्मीहरू र सशस्त्र नक्सली समूहबीच

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

मुस्ताङ – बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै

प्रधानन्यायाधीशद्वारा सैनिक विशेष अदालतको निरीक्षण

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतबाट न्यायिक निकायहरुको