कांग्रेस अधिवेशन : रौतहट–४ मा पदाधिकारीलाई प्रमाणपत्र दिन संस्थापन पक्षका नेताको अवरोध | Khabarhub Khabarhub

कांग्रेस अधिवेशन : रौतहट–४ मा पदाधिकारीलाई प्रमाणपत्र दिन संस्थापन पक्षका नेताको अवरोध


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेपाली कांग्रेसका रौतहट क्षेत्र नम्बर ४ का निर्वाचित क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरूको प्रमाणपत्र वितरणमा अवरोध भएको छ ।

प्रमाणपत्र बनाउन कृष्णा यादव समुहले अवरोध गरेको स्थानीय कार्यकर्ताले आरोप लगाएका छन् ।

शुरुमा यादबले सर्वसम्मति भन्दै चुनावनै रोके पनि गत मंसिर ४ गते १५१ जनाले लिखित रुपमै निर्वाचनको आग्रह गर्दै जिल्ला निर्वाचन अधिकृतलाई पत्र बुझाएका थिए।

कार्यकर्ताको दवावपछि यादव समूह चुनाव गराउन बाध्य भएपनि अहिले प्रमाणपत्र वितरणमा अवरोध गर्दै आएको आरोप निर्वाचित पदाधिकारीको छ ।

यादबले अलोकतान्त्रिक चरित्र देखाएको भन्दै स्थानीय कार्यकर्ताले हिजोपनि नाराजुलुस गरेका थिए। चुनावमा संस्थापन पक्षका सबै उम्मेदवारले हारेपछि प्रमाणपत्र वितरणको काम रोकिएको छ ।

प्रमाणपत्र समयमै नपाए आन्दोलन गर्ने स्थानीय कांग्रेस कार्यकर्ताले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ३ : १५ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन