कांग्रेस रौतहट–४ मा विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन संस्थापन पक्षको अवरोध « Khabarhub

कांग्रेस रौतहट–४ मा विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन संस्थापन पक्षको अवरोध


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गौर– नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ को निर्वाचित क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधीहरूको प्रमाणपत्र बनाउन कृष्णा यादव समूहको अवरोध गरेको छ ।

शुरुमा यादबले सर्वसहमति भन्दै चुनाव नै रोके पनि गत मंसिर ४ गते १ सय ५१ जनाले लिखित रुपमै निर्वाचनको आग्रह गर्दै जिल्ला निर्वाचन अधिकृतलाई पत्र बुझाएका थिए। यादब समूह दबाब बढेपछि चुनाव गराउन बाध्य भए पनि परिणाम आइसकेपछि प्रमाणपत्र वितरणमा अबरोध गरेको छ।

यादबले अलोकतान्त्रिक चरित्र देखाएको भन्दै स्थानीय कार्यकर्ताले प्रदर्शन गरेका छन् । चुनावमा संस्थापन पक्षका सबै उम्मेदवारले हारेपछि विहीबारदेखि नै प्रमाणपत्र दिन रोकिएको छ। स्थानीय कांग्रेस कायकर्ताले छिट्टै निर्वाचन प्रमाणपत्र नदिए आन्दोलन गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : ३९ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा