कांग्रेस प्रदेश १ मा नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी « Khabarhub

कांग्रेस प्रदेश १ मा नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत नौ पदाधिकारीका लागि २० जनाले उम्मेदवार दिएका छन् । सभापति पदमा गुरु घिमिरे र उद्धव थापाले उम्मेदवारी दिएका छन् ।

थापा संस्थापन पक्षका नेता हुन भने घिमिरे इतर समूहका नेता हुन् । दुई जना उपसभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ ।

उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेदवारी दिएका छन् । दुई जना महामन्त्रीका लागि चार जनाको उम्मेदवारी परेको छ । जसमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्गा उम्मेदवार बनेका छन् ।

सहमहामन्त्री महिला दुई र खुला दुई गरी चार जना हुने व्यवस्था भए पनि १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा प्रमीला गच्छदार, मानबहादुर लिम्बू, अञ्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दिरा थापा रहेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : ४६ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको