शल्यक्रिया गर्न विमल र विक्रम भोलि कतार जाने « Khabarhub

शल्यक्रिया गर्न विमल र विक्रम भोलि कतार जाने


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय विमल घर्ती मगर र विक्रम लामा मंगलबार कतार जाने भएका छन् । खेलाडीद्वय चोटको शल्यक्रियाका लागि मंगलबार कतार जाने अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताएका छन् ।

खेलाडीको चोटको शल्यकियाका लागि प्रख्यात कतारको अस्पेटर अस्पतालमा उनीहरुको शल्यसिक्रया हुनेछ । विमल र विक्रमको उपचारका लागि एन्फाले कतार फुटबल एसोसियसनसँग समन्वय गरेको छ ।

उनीहरु दुवै शल्यक्रियाको खर्च कतार फुटबल संघले व्येहोर्ने छ । फिफा विश्वकप २०२२ २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगत संयुक्त छनोटको बन्द प्रशिक्षणमा रहँदा विमलले चोट बोकेका हुन् । विमलको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको छ भने मेडीएल कोल्याटरल लिगामेन्ट (एमसीएल)मा पनि हल्का चोट देखिएको छ । यस्तै ल्याटरल मेनिस्कसमा पनि केही चोट रहेको देखिएको थियो ।

यस्तै, विक्रमको भने दुई वर्ष अगाडि गरेको शल्यक्रिया गरिएको खुट्टाको थप उपचार गर्नु परेको हो । शुरुको शल्यक्रियापछि विक्रमले झण्डै डेढ वर्ष फुटबल खेलेका थिए । तर, अब उपचारपछि छिट्टै मैदान फर्किने योजनामा छन् ।

यसअघि एन्फाले रविन श्रेष्ठ र नविन महर्जनको पनि कतारमै उपचार भएको थियो । मंगलबार उपचारका लागि कतार जान लागेका विमल र विक्रमको कोरोना परीक्षण आज हुने भएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १० : ५५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी