हुम्लामा भारी हिमपात, उडान अवरूद्ध « Khabarhub

हुम्लामा भारी हिमपात, उडान अवरूद्ध

वुधबारसम्म वर्षा र हिमपातको सम्भावना- मौसमविद्


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । ठाउँठाउँमा वर्षा भएको छ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ ।

हुम्लामा भारी हिमपात भएपछि उडान अवरुद्ध भएको छ । उडान रोकिएपछि यात्रुहरू मर्कामा परेका छन् । सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिएका छन् ।

तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । मौसम खराब भएपछि उडान रोकिएको सिमकोट विमानस्थलका प्रमुख विष्णु अधिकारीले बताए ।

पश्चिमी वायुको प्रभावले तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ ।

बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताएका छन् । ‘ठूलो वर्षाको सम्भावना भने छैन, बुधबारसम्म घाम लाग्ने सम्भावना भने कमै रहेको छ’, मौसमविद् श्रेष्ठले भने ।

दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम कर्णाली, गण्डकी, बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, वाग्मती र प्रदेश नं १ को भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २० दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव छ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १३ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ११ : ३१ बजे

मथिला क्षेत्रमा घरआँगनमै छठघाट तयार गरी पर्व मनाउने क्रम बढ्दै

महोत्तरी– बर्दिबास-२ अस्पतालचोकमा यसपटक घरघरैजसो छठघाट बने । यसै चोकका

नइ एकेडेमी, अस्ट्रेलियाबाट १४ विधामा पुरस्कार प्रदान

काठमाडौँ– नइ एकेडेमी, अस्ट्रेलियाले विभिन्न १४ विधामा ‘नइ उत्कृष्ट पुरस्कार’

विकासका लागि साझा संवाद गरौँ : सभामुख अर्याल

महोत्तरी– सभामुख डोलप्रसाद अर्यालले नेपालीले विकासविना समृद्धि नहुने बताउँदै यसका

माङसेबुङमा नि:शुल्क आँखा शिविर

इलाम– माङसेबुङ गाउँपालिकामा चार दिने नि:शुल्क आँखा परीक्षण (शिविर) आजबाट सुरु

 एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक महिनाको अवधिमा ६४