४०३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ५२८९ « Khabarhub

४०३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ५२८९


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २८९ रहेको छ ।

काठमाडौँ उपत्यकामा १८५ संक्रमित थपिए 

गएको पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८२ महिला र १०३ पुरुष गरी १८५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा १४० , ललितपुरमा २१ र भक्तपुरमा २४ जनालाई कोरोना संक्रमण देखिएको हो ।

थप ५९४ जनामा संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ५९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५५ हजार ८८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप ७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८८५ पुगेको छ ।

यस्तो छ मन्त्रालयको विस्तृत विवरण

 

 

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ४ : ५७ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट