हेटौँडामा एन्टिजेन विधिबाट कोरोनाको परीक्षण सुरु « Khabarhub

हेटौँडामा एन्टिजेन विधिबाट कोरोनाको परीक्षण सुरु


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– हेटाैँडा उपमहानगरपालिकामा कोरोना सङ्क्रमण परीक्षणको नयाँ विधि आजदेखि शुरु भएको छ ।

पीसीआरको सट्टा एन्टिजेन विधिमार्फत कोरोना सङ्क्रमणको परीक्षण शुरु भएको हो ।

हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाइँका अनुसार पीसीआर परीक्षणका लागि भिटिएम पनि सकिएको र यो नयाँ विधि आएकाले यसलाई आधारिकता दिएर कोरोना सङ्क्रमण परीक्षण शुरु गरिएको जानकारी दिए ।

कोरोना सङ्क्रमण परीक्षणका लागि नेपालमा दुई विधि स्वीकृत भएको छ । जसमा पहिलो पिसिआर तथा दोस्रो एन्टिजेन परीक्षण विधि रहेको बताइएको छ ।

एन्टिजेन विधिबाट परीक्षणका लागि बिहान तथा दिउँसो गरी दुईपटक जाँचको व्यवस्था गरिएको छ । यो विधिबाट अहिले तत्काल तीन हजार जनाको परीक्षण गर्ने गरी सामग्री आएको उनले जानकारी दिए ।

कोरोना जाँचका लागि पिसिआर परीक्षण जस्तै एन्टिजेन परीक्षण पनि नाकबाट स्वाब निकालेर गरिन्छ । यस विधिबाट कोरोनाको सक्रिय सङ्क्रमित पत्ता लगाउन निःशुल्क परीक्षण गरिन्छ ।

सक्रिय सङ्क्रमितको पहिचान हुन नसक्दा थप सङ्क्रमित बढ्न सक्ने प्रक्षेपण भएकाले सरकारले उक्त नीति राखेको उनले भने । पीसीआर परीक्षण गर्दा नतिजा ढिलो हुने तथा खर्च बढी लाग्ने भएकाले एन्टिजेन परीक्षण विधिमा जोड दिइएको हो ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ६ : ३५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया