दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको शिवसताक्षीमा बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका–११ झरना पुल सडकखण्डमा साँझ ६:४० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख १९८० नं  को बसलाई विपरीत दिशाबाट आउँदै गरेको बा५६प २९५८ नंको मोटरसाइकलले ठक्कर दिँदा त्यसका चालक शिवसताक्षी–११ का ४० वर्षीय पूर्ण कडरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते कडरियाको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृतकसँगै सवार सोही ठाउँका २८ वर्षीय शङ्कर तामाङको बिएण्डसी अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

प्रहरीले दुर्घटनामा संलग्न बस र चालक मेचीनगर नपा–६ बस्ने ५० वर्षीय मानबहादुर रसाइलीलाई आवश्यक अनुसन्धानका लागि इप्रका झिलझिलेले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ९ : ०५ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको