यसरी गर्न सकिन्छ उपदंश रोगको घरेलु उपचार « Khabarhub

यसरी गर्न सकिन्छ उपदंश रोगको घरेलु उपचार


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपदंश एक संक्रामक रोग हो । यो रोग एकबाट अर्कोमा र अर्कोबाट फेरि अर्कोमा फैलिन्छ । यो रोगको सरल पहिचान लिंगमा ढुसी उठ्नु हो, जसमा पीडा बिलकुलै हुँदैन । यसलाई गर्मीको रोग पनि भनिन्छ ।

यो विशेष गरी हातबाट लिङ्गमा चोट लागेर, नङ या आँत लागेर, लिङ्गलाई स्वच्छतापूर्वक नराखेर, हस्तमैथुन गरेर, मिथ्या आहार–बिहार गरेर, अति मैथुन, रोगयुक्त योनीको संसर्गमा पुगेर आदि कारणले लाग्ने गर्छ ।

घरेलु उपचार

—     साठीको जरा, गुर्जो, सुठो, मुलहठी र बड–धयेँरोका कलिला पातहरुलाई पानीमा पकाउनुहोस् । त्यो पानीले शिश्नलाई धुनुहोस् ।

—बड–धयेँरोका कोमल पातहरु, काहूको बोक्रा, जामुनको बोक्रा, लोध, हर्रोको बोक्रा र बेसार यी सबैलाई पानीमा पिसेर लेप गर्नुहोस् ।

—परबर, नीमको बोक्रा, त्रिफला, चिराइतो, खैरसार, विजयसार र गुग्गलको घोल बनाएर पिउनुहोस् ।

—२०–२० ग्राम नीलोतुथो र कत्था तथा ४०–४० ग्राम मुर्दासिँगी र सुपारीको खरानीलाई मसिनो पिसेर उपदंशमा छर्किनुहोस् । यसो गर्नाले छाला सुकेर उपदंश रोग ठीक हुन्छ ।

—शुद्ध पारो, शुद्ध गन्धक, हरताल, सिन्दुर र मैनसिललाई तामाको पात्रमा घिउमा तीन दिनसम्म घोटेर लेप तयार पार्नुहोस् । यो लेपलाई राति शिश्नमा लेप गर्नुहोस् ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ४ : ५५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा