पूर्वाधार कम्पनी नहुँदा इन्टरनेटको मूल्य बढ्यो : मन्त्री गुरुङ « Khabarhub

पूर्वाधार कम्पनी नहुँदा इन्टरनेटको मूल्य बढ्यो : मन्त्री गुरुङ


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पूर्वाधार कम्पनी नहुँदा इन्टरनेटको मूल्य बढेको बताएका छन् ।

दूरसञ्चार प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले पूर्वाधार कम्पनी तत्कालै आवश्यक भएको बताएका हुन् ।

उनले लामो समयदेखि दूरसञ्चार सहप्रयोग चर्चाको विषय बन्दै आएको भएतापनि कायान्वयनमा नआउँदा नेपालको इन्टनेट सेवा नै महंगो भएको बताए । उनले ग्रामिण दूरसञ्चार विकास कोषको रकम पनि ग्रामिण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा प्रयोग हुँदा पनि इन्टरनेटको मुल्यमा असर परिरहेको गुनासो गरेका छन् ।

हाल एउटै कम्पनीले पूर्वाधार निर्माण र सेवा प्रवाह गर्दै आएको छ । यसले दूरसञ्चार सेवा प्रभावकारी नभएको निष्कर्षसहित सरकारले दूरसञ्चार पूर्वाधार सम्बन्धी नियमावली, २०७४ जारी गरेको थियो ।

जसमा दूरसञ्चार सहप्रयोगका लागि दुई छुट्टै कम्पनी ल्याउने र उक्त कम्पनीलाई नेटवर्क विस्तारको काम गर्ने गरी जिम्मा दिने भनी उल्लेख गरिएको छ ।

तर, मन्त्री गुरुङले भने एउटै कम्पनी त्यो पनि नेपाल टेलिकमको नेत्रित्वमा ल्याउने आसय कार्यक्रममा व्यक्त गरेका छन् । ‘सरकारले एउटा बनाउन खोजको छ,’ मन्त्री गुरुङले भने, ‘तर निजी सेवा प्रदायकले दुई ओटा बनाउनु पर्ने माग गरिरहेका छन् । त्यसैले यसमा आवश्यक छलफल गरी चाँडै प्रक्रिया अघि बढाइने छ ।’

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  १ : ३३ बजे

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र

‘लालीबजार’को ट्रेलर : राजासाबसँग छोरी जोगाउन बादी समुदायकी महिलाको संघर्ष

काठमाडौँ – ‘नथिया कुप्रथा’मा आधारित भएर बनेको नायिका स्वस्तिमा खड्का

मुक्तिनाथको सौन्दर्य र हिउँको स्पर्श : एक अविस्मरणीय यात्रा

चैत २० गते शनिबार । बिहानको ठीक ५ बजे दोर्जे

सिरुबारीको पहिरो रोक्न ‘बेन्चिङ’ विधि, ६० करोड बजेट नहुँदा अल्पकालीन समाधान खोजिँदै

बेनी – कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा