पछिल्लो १० वर्षमा नेपालको अर्थतन्त्र १४.०७ प्रतिशतले वृद्धि « Khabarhub

पछिल्लो १० वर्षमा नेपालको अर्थतन्त्र १४.०७ प्रतिशतले वृद्धि


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो १० वर्षमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार १४.७ प्रतिशतले वृद्धि भएको छ ।

विभागले बिहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ ।

सन् २०१० र ११ मा आधार वर्ष परिवर्तन गर्ने सन्दर्भमा उत्पादनमा २०.२७, मध्यवर्ती उपभोगमा ३५.४२, कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा १४.०७ वृद्धि भई अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड पुगेको हो ।

त्यसैगरी मध्यवर्ती उपभोग र उत्पादन अनुपात सन् २०००/०१ को आधार वर्षअनुसार ३७.१ प्रतिशत रहेकोमा परिवर्तित आधार वर्ष अनुसार अनुपात ४१.८२ प्रतिशत छ ।

कुल ग्राहस्थ उत्पादनमा आएको परिवर्तन

विभागको तथ्याङ्कअनुसार कुल ग्राहस्थ उत्पादनमा आएको परिवर्तनलाई हेर्दा कृषिमा ०.५, खानी तथा उत्खननमा २२.५, औद्योगिक उत्पादनमा ४.५, विद्युत ग्यासमा ४६.८, निर्माण ३.७, थोक तथा खुद्रा व्यापारमा २३.१, आवास तथा भोजनानालय १६.४, यातायात सञ्चार २.६, वित्तीय तथा बीमा सम्बन्धी क्रियाकलापमा ३६.८, घरजग्गा कारोबारमा ५२, सामाजिक सुरक्षामा १ सय ५७.९, शिक्षामा ११.२ प्रतिशतको वृद्धि देखिएको छ ।

पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ४.६ प्रतिशतले ऋणात्मक

विभागले गत आर्थिक वर्षको चौथो तथा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको राष्ट्रिय लेखा अनुमान तयार गरी प्रकाशनमा ल्याएको छ । कोभिड १९ का कारण गत आर्थिक वर्षको चौथो त्रैमासिकमा अघिल्लो आर्थिक वर्षको सोही त्रैमासिकको तुलनामा अर्थतन्त्र १५.४ प्र्रतिशतले खुम्चिने अुमान गरिएको छ ।

यसैगरी चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा समेत आर्थिक वृद्धिदर ४.६ प्रतिशतले ऋणात्मक हुने अनुमान गरिएको छ ।
विश्वमा देखिएको कोभिड १९ महामारीको असरलाई न्यून गर्नका लागि अवलम्वन गरिएका आन्तरिक तथा बाह्य प्रयासहरुको प्रभाव हाम्रो अर्थतन्त्रमा कति अवधिसम्म रहने भन्ने अनुमान गर्न सक्ने अवस्था थिएन ।

त्यस्तो अवस्थामा होटल तथा रेष्टुरेन्ट र अन्तराष्ट्रिय यातायात क्षेत्र यस आर्थिक वर्षको अन्त्यसम्म नै पूर्ण प्रभावित रहने र अन्य क्षेत्रहरु क्रमशः जेठ महिनाबाट नियमित हुने अपेक्षा थियो ।

‘यद्यपि जेठ महिनाबाट नियमित हुने विश्वास गरिएका आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको र असार मसान्तसम्म नै बन्दाबन्दीको अवस्था रहेकाले अनुमान गरिएभन्दा निकै घटेर संशोधित अनुमान १.९९ प्रतिशतले कमी हुने देखिएको छ’, विभागका उपमहानिर्देशक हेमराज रेग्मीले भने ।

गत आर्थिक वर्षको अन्तिम ४ महिनामा सरकारले गरेको बन्दाबन्दीको असर घरायसी उपभोगमा पनि परेको देखिन्छ ।

यी औद्योगिक क्षेत्रमा कोभिडले पारेन असर

केही औद्योगिक क्षेत्रमा भने कोभिडको खासै असर नपरेको विभागको तथ्यांकले देखाएको छ ।

विद्युत तथा ग्यास क्षेत्र २५.६ प्रतिशत, सार्वजनिक प्रशासन ६.२ प्रतिशत र मानव स्वास्थ्य ५.२ प्रतिशत सकरात्मक वृद्धि हुने संशोधित अनुमान रहेको छ ।  बाँकी औद्योगिक क्षेत्रमा भने न्युन वृद्धि हुने देखिएको छ ।

विभागका उपमहानिर्देशक रेग्मीकाअनुसार कोभिड १९ को सबैभन्दा बढी असर आवास तथा भोजन सेवा र यातायात तथा भण्डारण क्षेत्रमा परेको छ । यी क्षेत्रहरुमा क्रमशः २५.७ र १३.४ प्रतिशतले खुम्चिने संशोधित अनुमान रहेको छ ।

साथै थोक तथा खुद्रा व्यापार १०.७ प्रतिशत, औद्योगिक उत्पादन ९.१ प्रतिशत, निर्माण ५.६ प्रतिशत, खानी तथा उत्खनन् २.२ प्रतिशतले खुम्चिने संशोधित अनुमान छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ५ : २६ बजे

ओलीको जिकिर : सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि

‘सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले

सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता

एजेन्सी– मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच तेहरानको

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने

काडमाडौं– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

रोग नियन्त्रणमा खानपान र औषधिको भूमिका : यस्ता छन् भ्रम र यथार्थ

काठमाडौं– अहिलेको समयमा मानिसहरू आफ्नो खानपानका बारेमा निकै सचेत भएका