अहिलेको युग विकास र समृद्धिको : मुख्यमन्त्री राई « Khabarhub

अहिलेको युग विकास र समृद्धिको : मुख्यमन्त्री राई


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको युग विकास र समृद्धिको युग भएको बताएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोतको उद्घाटन कार्यक्रममा शनिबार उनले प्रदेश नं १ को सबै जिल्लामा सडक, पुल, खानेपानी, विद्युत, कृषि, पर्यटनलगायतको विकासले जनतामा समृद्धि मिलेको बताए ।

“प्रदेश सरकार बनेपछि सडक, पुल, खानेपानी, विद्युत्, कृषि, पर्यटनलगायतको विकासले जनतामा सुविधा पुगेको छ”, उनले भने, “अहिलेको युग विकास र समृद्धिको युग भएकाले जनताको अपेक्षाअनुसार प्रदेश सरकारले समेत क्रियाकलाप अगाडि बढाएपछि जनता पनि खुशी भएका छन् ।”

प्रदेश सरकारले अगाडि बढाएको कृषिमा अनुदान, युवालाई रोजगारलगायतका कामले समेत जनता खुशी भएको मुख्यमन्त्री राईले जिकिर गरे ।

पहाडी जिल्ला धनकुटा, भोजपुर र खोटाङको विकासे योजनाको अनुगमनमा आएका राईले मध्यपहाडी लोकमार्गअन्तर्गतको चखेवा–दिक्तेल सडक, समगरमाथा लोकमार्गअन्तर्गत माहुरे–फोक्सिङटार सडक निर्माणमा ढिलासुस्ती भएकाले त्यसलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिए ।

दिक्तेल रुपाकोट मझुवागढी–१४ बुइपास्थित पञ्चदोबाटोको यलम्बर उद्यान, ट्याम्के भ्यूटावर, मुन्धुम ट्रेलको काम धमाधम भइरहेकाले त्यसको विकासले पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गर्ने मुख्यमन्त्री राईले बताए ।

प्रदेश सरकारको तर्फबाट संसारको होचो स्थान झापाबाट संसारकै सर्वोच्च शिखर सगरमाथासम्म केबलकार योजना, सुनकोशीको दोलालघाटमा जेटबोटलगायतको योजना अघि बढाइएको मन्त्री राईले बताए ।

मुख्यमन्त्री राईले प्रदेशको नामाङ्कन गर्न बाँकी रहेकाले नामाङ्कनको काम पनि चाँडै नै गरिने बताए । कोभिड–१९ का कारणले विलम्ब भएको उल्लेख गर्र्दै मुख्यमन्त्री राईले प्रदेश नं १ लाई छिट्टै नाम दिने बताए ।

यद्यपि राजनीतिक खिचातानी भयो भने प्रदेश नं १ को नामकरणमा समस्या आउने मुख्यमन्त्री राईको भनाइ थियो ।

“प्रदेशको नामाङ्कन विश्वभर फैलिएको कोभिड–१९ ले गर्दा ढिलो भयो, अब छिट्टै नै टुङ्ग्याउने तयारी गरेका छौँ”, उनले भने, “नामकरणमा राजनीतिक खिचातानी भयो भने समस्या हुन्छ ।”

मुलुकमा सिर्जना भएको राजनीतिक खिचातानीकै कारण विकासमा सरकारलाई असहज सिर्जना भएको मुख्यमन्त्री राईको भनाइ थियो ।

“केही नेताहरुले अस्थिरता निम्त्याउने खेल खेलेकाले विकासमा समस्या भयो”, उनले भने, “ठूलाठूला षड्यन्त्रले गर्दा मुलुकमा अस्थिरता सिर्जना भयो, त्यसले विकासमा पनि असर गर्यो ।”

अर्थमन्त्रालयको विशेष अनुदानवापतको रु तीन करोड ३२ लाखको लागतमा सोल्मास्थित अजम्बरी टोलमा कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोत केन्द्र स्थापना गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।

उद्योगबाट उत्पादित कम्पोष्ट मल मलिलो र राम्रो हुने नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताए । प्राविधिकका अनुसार टर्नरमा काटेर थुममा हालेर क्रसर चलाएपछि धुलो बनेको मलको कच्चा पदार्थ स्क्रिनिङ मेसिनमा पुग्दा तयारी भएर बोरामा प्याक भएर मलका रूपमा बाहिर निस्कन्छ ।

कम्पोष्ट मल उद्योगसँगै बनाइएको बायोग्यास प्लान्टमा मानव मलमूत्र तथा गाईभैँसीको गोबर हालेर ग्यास उत्पादन गर्ने तयारी गरिएको छ । तीन हजार ५०० घनमिटर क्षमताको भूमिगत डुम (ट्याङ्की)मा कच्चा पदार्थ हालेर गोबर ग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्यासमा परिवर्तन गरेर एलपी ग्यासकै रूपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्न मिल्ने जनाइएको छ ।

दिक्तेल बजारका शौचालयको ट्याङ्कीमा रहेका दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्यास प्लान्टमा लैजाने नगरपालिकाको तयारी छ ।

आवश्यक गोबर र स्याउलाका लागि कम्पोष्ट मल उद्योग र बायोग्यास प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैँसीपालन गरिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ९ : १५ बजे

लेखकको बन्दीप्रतक्षीकरण निवेदनको पेसी न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दीप्रतक्षीकरण निवेदनको

सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा

काठमाडौं– र्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौँथो दिन

हिरासतमा रहेका ओली भेट्न शिक्षण अस्पताल पुगिन् विद्यादेवी

काठमाडौं– प्रहरी हिरासतमा रहेका नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

कञ्चनपुरको बजैनाथ मावि सङ्कटमा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित बजैनाथ माध्यमिक विद्यालयमा जीर्ण भवन,

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौं– सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले औद्योगिक