शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ : सभापति देउवा « Khabarhub

शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ : सभापति देउवा


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताएका छन् ।

नेपाल शिक्षक सङ्घको सङ्घीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई शनिबार राजधानीमा सम्बोधन गर्दै सभापति देउवाले शिक्षाका सन्दर्भमा गरिएका व्यवस्थाको समीक्षा गर्नुपर्ने हालसम्मको अभ्यासबाट देखिएकाले त्यसतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।

शिक्षाका विषयमा संविधानमा व्यवस्था कार्यान्वयन हुँदा पनि समस्या समाधान नभएकाले समीक्षा गर्नु जरुरी रहेको पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले बताए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा देखिएका बेथितिलाई थितिमा राख्न पार्टीको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । संविधान निर्माणपछि देश आर्थिक समृद्धितिर अघि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको उनको जिकिर थियो ।

कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष केशव भट्टराई, मोहन ज्ञवाली, केशव निरौला, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यलगायतले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरोकार भएका निकायको ध्यान जान नसकेको बताए ।

स्थानीय तह, जिल्ला र प्रदेशमा शिक्षकको सभा सम्पन्न गरेपछि केन्द्रीयस्तरमा कार्यक्रम गरिएको अध्यक्ष राजेन्द्रराज पौडेलले बताए । सोमबारसम्म चल्ने सभामा देशभरका करिब ७०० शिक्षकको सहभागिता छ । सभाले गरेका निर्णय मङ्गलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने पनि उनले सुनाए ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १ : ०५ बजे

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ– थासाङ गाउँपालिकामा निर्माणाधीन लेते–धम्पु प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ

दक्षिणी लेबनानमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

लेबनान– लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति

लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको

सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौँथो दिन

हिरासतमा रहेका ओली भेट्न शिक्षण अस्पताल पुगिन् विद्यादेवी

काठमाडौं– प्रहरी हिरासतमा रहेका नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी