प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गते संसदीय सुनुवाइ « Khabarhub

प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गते संसदीय सुनुवाइ


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुने भएको छ ।

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको आजको बैठकले उनीहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तालाई बोलाएर जानकारी माग गर्‍यो । प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए ।

चुँडालविरुद्धको उजुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताए ।

प्रस्तावित न्यायाधीश सुवेदीविरुद्धका पाँचमध्ये चार जना उजुरीकर्ता समितिमा उपस्थिति भई आआफ्ना कुराबारे बैठकलाई ध्यानाकर्षण गराए । बैठकमा उजुरीकर्ताले उठाएका कतिपय योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ४ : ०९ बजे

संसद् बैठक बोलाउन प्रधानमन्त्रीलाई अध्यक्ष साम्पाङको आग्रह

काठमाडौं– श्रम संस्कृतिका पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई

विश्वभर तेलको भाउ बढ्दा अष्ट्रेलियन शेयर बजारमा गिरावट

सिड्नी- सोमबार अष्ट्रेलियाको शेयर बजार प्रारम्भिक कारोबारमै १.४ प्रतिशतले घटेको

रानीवासमा महिला सामुदायिक भवन निर्माण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न

एक दिन टिकेन इन्ट्रान्स र ब्रिजकोर्स बन्द गर्ने निर्णय : शिक्षा मन्त्रालयको वेबसाइटबाटै पत्र गायब !

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले प्रवेश परीक्षा तयारी कक्षा

कामपाद्वारा महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क