आज २५.७१ अंकले बढेर नेप्से कीर्तिमानी विन्दुमा | Khabarhub Khabarhub

आज २५.७१ अंकले बढेर नेप्से कीर्तिमानी विन्दुमा


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन शेयर बजार नेप्से कीर्तिमानी अंकमा पुगेको छ ।

आइतबार २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि नेप्से फागुन ९ गते २६ सय ४० विन्दुसम्म पुगेको थियो ।

आइतबार व्यापार, होटल, उत्पादन, म्युचल फण्ड समूहको शेयर घटे पनि अरू समूहको शेयर उकालो लागेपछि नेप्से उच्च विन्दुमा पुगेको हो ।

बैंकिङ समूहको शेयर साढे १४ अंकले, विकास बैंकको २२, जलविद्युतको ३७, फाइनान्सको ४३, माइक्रो फाइनान्सको २३, जीवन बीमा समूहको १५४, निर्जीवन बीमा समूहको ५४३ र अन्य समूहको शेयर ३९ अंकले बढेको छ ।

आइतबार २१२ कम्पनीका १ करोड ८१ लाख कित्ता शेयर ९ अर्ब ६८ लाख रुपैयाँमा किनबेच भएका छन् । निफ्राको साढे ४७ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आइतबार ओमी फाइनान्स र जनरल इन्स्योरेन्ससहित सात कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ४ : २१ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको