काठमाडौँमा पनि नेपाल-खनाल समूहको समानान्तर कमिटी गठन, अध्यक्षमा मानन्धर | Khabarhub Khabarhub

काठमाडौँमा पनि नेपाल-खनाल समूहको समानान्तर कमिटी गठन, अध्यक्षमा मानन्धर


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले नेपाल-खनाल समूहको काठमाडौँ जिल्ला अध्यक्षमा बसन्तप्रसाद मानन्धर चयन भएका छन् ।

देशभर समानान्तर कमिटी बनाउने कार्यलाई तीव्रता दिँदै आएको नेपाल–खनाल समूहले आइतबार काठमाडौँमा पनि समानान्तर कमिटी गठन गरेको हो ।

नेपाल–खनाल समूहको बैठकले बागमती प्रदेश सभाका सदस्यसमेत रहेका मानन्धरको नेतृत्वमा कमिटी घोषणा गरेको हो । एमालेको जिल्ला अध्यक्षमा ओली समूहका कृष्ण राई छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई पार्टीको साधारण सदस्यबाट ६ महिना निलम्बन गरेपछि खनाल–नेपाल समूहले समानान्तर कमिटी बनाउने कार्यलाई तीव्रता दिँदै आएका छन् ।

काठमाडौँ जिल्ला कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले ओ‌लीसँग मिल्ने कुनै अवस्था नरहेको पनि दाबी गरे ।

उनले भने, ‘पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा पनि हामी बहुमतमा छौँ। वामदेव गौतम पनि हाम्रो पक्षमा आउँदै हुनुहुन्छ।’

नेता नेपालले पार्टीभित्र केपी ओलीले गुटबन्दी गरेका कारण अहिलेको परिस्थिति सिर्जना भएको टिप्पणी गरे । उनले पार्टी विधि पद्धति र सिद्धान्तको आधारमा चल्नुपर्ने पनि बताए। ‘कामको सही मूल्यांकन गरेर सबैलाई समान व्यवहारले गर्नुपर्छ। कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन’ उनले भने।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ४ : ५२ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको