सेनालाई प्राप्त खोप प्राथमिकताका आधारमा लगाउन थालियो | Khabarhub Khabarhub

सेनालाई प्राप्त खोप प्राथमिकताका आधारमा लगाउन थालियो


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई प्राप्त भएको कोभिडविरुद्ध खोप हिताधिकारीलाई प्राथमिकता आधारमा लगाउन थालिएको बताएका छन् ।

मकवानपुरको हेटौँडास्थित श्री मध्य पृतनामा प्रदेशस्तरीय भूपू सैनिक सम्मेलन–२०७७ मा उनले सङ्गठनको उद्देश्यअनुरुप नै भूपूसैनिक र एकल महिलाका प्रतिनिधिलाई आजैदेखि खोप प्रदान गर्ने कार्यको शुरुआत भएको जानकारी दिए ।

सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा सेनाको व्यवस्थापनमा वाग्मती प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार, आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ उक्त सम्मेलन आयोजना भएको थियो ।

सो अवसरमा प्राथमिकताका आधारमा १८ जना हिताधिकारीलाई कोभिड–१९ को खोपसमेत प्रदान गरिएको थियो । सम्मेलनमा वाग्मती प्रदेश आठ जिल्लामा बसोबास गर्ने सात हजार ४३६ नेपाली सेनाका भूतपूर्वसैनिक तथा परिवारजनको सहभागिता थियो ।

प्रधानसेनापति थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यतालाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गरे ।

अवकाश प्राप्त गरी सकेपछि पुनः रोजगारीका लागि विदेशीने अवस्थाको अन्त्य गरी स्वेदशमा नै स्वरोजगारीका अवसर सिर्जना गरी परिवारसँगै सुखमय जीवनयापनका लागि नेपाली सेनाले सैनिक कल्याणकारी गतिविधिहरुलाई विविधीकरण गरी सर्वसुलभ बनाउन अधिकतम प्रयास गर्दै आएको बताएका थिए ।

कार्यक्रममा ज्येष्ठ भूतपूर्व सैनिक थाहा नगरपालिका–३ पालुङ्ग, मकवानपुर निवासी ९८ वर्षीय पुरानो गोरख गणबाट अवकाश प्राप्त सुवेदार गजेन्द्रबहादुर कार्की, शम्शेर दल गणबाट अवकाश प्राप्त स्व सिपाही नन्दप्रसाद पाल्याको श्रीमती गोमा ढकाललाई सम्मान गरिएको थियो ।

त्यसैगरी, सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल नुवाकोट जिल्ला विदुर नगरपालिका निवासी राजकुमार आचार्य लगायतलाई सम्मान गरिएको थियो । समारोहमा चार वा सोभन्दा बढी सन्ततिलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने आमा÷बुबालाई सम्मान गरिएको थियो ।

फरक क्षमता भएका तथा अशक्त ४९ जनालाई ह्विल चियर, वैशाखी र आर्थिक सहयोग प्रदान गरिनाका साथै लघुवित्त कार्यक्रमअन्तर्गत महिला उद्यमशील कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ७ : ०२ बजे

रुस कुनै पनि युद्धविरामअघि ‘बलियो स्थिति’ हासिल गर्न चाहन्छ : जेलेन्स्की

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार रुसले युक्रेनमा युद्धविराम

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं – ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

११ कर्मचारीलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी

पर्सा । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु

गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु

गाजा सिटी – गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली