साना उद्यमीलाई विकास बैंकले सरल कर्जा दिने « Khabarhub

साना उद्यमीलाई विकास बैंकले सरल कर्जा दिने


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेन्ट बैङ्कर्स एसोसिएशन नेपालबीच लघु, घरेलु, साना तथा मझौला उद्यममा वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएशनका प्रथम उपाध्यक्ष प्रद्युम्न पोखरेलको उपस्थितिमा आज समझदारीपत्रमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेन्ट बैङ्कर्स एसोसिएशन नेपालका अध्यक्ष गोविन्दप्रसाद ढकालबीच हस्ताक्षर भएको हो ।

समझदारीअनुसार एसोसिएशनका सदस्य विकास बैंकलाई लघु, घरेलु साना तथा मझौला उद्योगहरूको मागअनुसार सरल एवम् सहज रूपमा कर्जा प्रवाह गर्न सहजीकरण गर्ने, व्यवसायीलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया सहज गरिनेछ ।

यस्तै, कर तथा बजार व्यवस्थापनसम्बन्धी जानकारी दिन कार्यक्रम सञ्चालन गर्ने, उत्पादनमूलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसायको प्रवद्र्धनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम सञ्चालन गरिनेछ । वित्तीय सेवाहरूको छनौट र प्रयोग गर्र्न सक्ने क्षमता विकास गराउने र भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्न सहजीकरण गरिनेछ ।

कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगहरूलाई प्रवाह गरिने कर्जाहरूलाई प्राथमिकतामा राखी प्रविधिमैत्री बनाउने र त्यसका लागि उचित तालीमको व्यवस्था मिलाइने समझदारीमा समावेश छ । कार्यक्रममा महासंघका उपाध्यक्ष श्रेष्ठले साना तथा मझौला व्यवसायले विशेषगरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

मुलुकभित्र कूल रोजगारीमा करीब ९५ प्रतिशत योगदान सो क्षेत्रकै भएकाले यो समझदारीले विशेष सहयोग पुग्ने बताउनुभयो । डेभलपमेन्ट बैङ्कर्स एसोसिएशन नेपालका अध्यक्ष ढकालले लघु, घरेलु साना तथा मझौला व्यवसायको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायत सेवा प्रवाहमा सहजीकरण गराउने उद्देश्यले समझदारी गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ९ : ४४ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका