कञ्चनपुरमा आगलागीबाट तीन लाख बढीको क्षति | Khabarhub Khabarhub

कञ्चनपुरमा आगलागीबाट तीन लाख बढीको क्षति


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ मणिका टोलका गणेश भुलको गोठमा आज आगलागी हुँदा तीन लाख ५० हजारभन्दा बढीको क्षति भएको छ ।

गोठमा बाँधिएको बाच्छीको आगलागीमा परेर जलेर मरेको छ । गोठ पूरै जल्नाका साथै बोरिङ पाइप, तयारी अवस्थाको सालको काठ, सिँचाइका लागि गरिएको बायरिङ, प्यानल बोर्ड र अन्न सबै जलेर नोक्सान भएको पीडित भुलले बताए ।

“घर निर्माणका लागि तयारी अवस्थाको रु दुई लाखभन्दा बढीको सबै काठ गोठमै राखेको थिए”, उनले भने, “पूरै जलेर खरानी भयो ।”

वडाध्यक्ष बहादुर सिंह महराका अनुसार नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण कायम गरिएको छ । समयमै आगलागी नियन्त्रण कायम हँुदा नजिकै रहेका अन्य घरहरू जोगिएका छन् । आगलागीका कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ८ : ४८ बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा